कविता : By, गोपाल प्रधान


कविता: सत्य,अनि जीवन

चार वेद,चार ॠतु,ईश्वरका रचना सबै,
रामलीला,महाभारत,धर्मका दर्शन सबै।

प्रेमको स्वरूप,यदि चिन्दैनौ भने,
सत्यताको परीक्षामा,तिमी उत्रीर्ण नहोला।
जीवनको रहस्य,यदि जान्दैनौ भने,
मिलनको सम्बन्धमा,तिमी उपहार् होला।

हिर्दयको सत्यलाई अनुभवमा उभाउन थाल,
आत्माको प्रकाशमा जीवनको ज्योति बाल।

तिमी यस्तो पाईला चाल्दैं जाऊ,
अधरको मुस्कानमा,आफ्नो परिचय बनोस।
तिमी यस्तो आकृति खिच्दैं बनाऊ,
जीवनको चित्रकलामा,आफ्नो रूपरेखा खुलोस।

जहाँ तितो सत्य सामुने आउँदा,चिन्न सकोस,
 त्यहाँ तिम्रो नित्य कर्म झुक्दा,हाँस्न पाओस।

गोपाल प्रधान



 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com