गजल By, मानन्धर अभागी


गजल By,  मानन्धर अभागी

पिएर मर्ने रहर मलाई इच्छा छैन
नपिलाउ त्यो जहर मलाई इच्छा छैन

पिउने त्यो पिलाउने खराव तिम्रो आदत
रमाउने त्यो सहर मलाई इच्छा छैन

प्रियसीको नाउँमा दाशी म तिम्रो त्यो खेलौना
तिम्रो त्यो ठहर मलाई इच्छा छैन

राता माटाले लिपेको मेरो लागि छाप्रै ठीक
गगन चुम्बी त्यो घर मलाई इच्छा छैन

पिएर मर्ने रहर मलाई इच्छा छैन
नपिलाउ त्यो जहर मलाई इच्छा छैन ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com