गीत By, गोपाल प्रधान

     
गीत: मेरो कथा:  

    मैले त्यागेर,
मैले भोगेको जिन्दगीमा,
कति किताबहरू पल्टेको छ,
कति खिताबहरू जितेको छ,
कस्ले जान्दछ,म गोठाला भनेर,
 नभनी चिनीदिनु,म किसानी भनेर।

    मैले सोचेर,
मैले बटुलेको भावनामा,
 कति गीतहरू लेखेको छ,
 कति सगीतहरू सजेको छ,
कस्ले भन्दछ,मैले लेख्दछ भनेर,
यसरी नमेटीदिनु,तिमी नेपाली भएर।

    मैले चाहेर,
मैले देख्ने दृष्टिमा,
दुई कोमल् नयनाहरू हाँंसेको छ,
मेरो निर्मल यादहरू बसेको छ।
 कस्ले सोंच्दछ,मैले चाहन्छ भनेर,
तिमी खोजीदिनु,मेरो आफ्नो भएर।




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com