गीत्: By, गोपाल प्रधान


गीत्: जिन्दगी:

जब जिन्दगीले,जिन्दगीलाई मांग्दछ,
उमेरले डाँडा काँडा काँटी सकेको हूँदछ,
 तब जिन्दगीले,जिन्दगीलाईं सोध्दछ,
समयले वारी पारी तरी सकेको हूँदछ।

आखिर पवनको शीतल लहरी चली रहन्छ,
कल्पनाको यो महलमा ज्योति जली रहन्छ।

अब जिन्दगीले,किताब खोली पड्दछ,
बुझ्नेले बुझ्दछ,नबुझ्ने पनि मिल्दछ्,
जब जिन्दगीले,विस्तारी रूप बद्लिन्छ,
कहीं तोडिन्छ जिन्दगी,कही जोडिन्छ।

कहिले जिन्दगी तड्पीदिन्छ,
कहिले भड्किदिन्छ,
 मातेका जिन्दगी भुलीरहन्छ,
नमातेका कल्पिन्छ।

यसरी जिन्दगी दिनमा रात्, रातमा दिन् हुन्छ,
कसैले मायाको नाता गाँसीदिन्छ
कोही मायाहरू चुडीदिन्छ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com