१० औं आन्मा/नासा संयुक्त सम्मेलनद्वारा आयोजित अ.ने.सा.स.केन्द्र तथा कोलोराडो च्याप्टरको साहित्यिक कार्यक्रम सम्पन्न। "

कोलोराडो भाद्र १८,
 
आचार्य ब्प्रभा : अ.ने.सा.स.केन्द्र द्वारा आयोजित  अ.ने.सा.स. कोलोराडो च्याप्टरको संयोजकत्वमा अगस्ट ३१ तारिकका दिन होटेल क्राउन प्लाजाको हलमा भएको साहित्यिक कार्यक्रम कवि गोष्ठी सफलता पूर्वक सम्पन्न भयो । उद्घोषिका तारा अधिकारीद्वारा संचालित उक्त कार्यक्रमका प्रमुख अतिथि,अतिथिहरुमा कृष्ण धराबासी,बिप्लव प्रतीक,गोबिन्द गिरी प्रेरणा  हुनुहुन्थ्यो  भने कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष श्री पदम विश्वकर्माज्युले गर्नु भएको थियो।
यसैगरी अतिथिहरुलाई स्वागत गर्दै स्वागत मन्तब्य अ.ने.सा.स.कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले दिनु भएको थियो। उक्त कार्यक्रम तीन भागमा बाँडिएको थियो। १)खुल्ला कविता प्रतियोगिता २ )अप्रतियोगी कविता बाचन र ३ ) पुस्तक बिमोचन कार्यक्रम । अप्रतियोगी कविताहरु धेरै ठाउँंबाट प्राप्त  भएका थिए  । ती प्रेषित कविताहरु न्युयोर्कबाट मणी बाङ्देल सागर,मनु लोहोरुङ,पद्मा लिंखा मगर,बोष्टनबाट दीपा राईे पुन,खोटाङ नेपालबाट इेन्द्र नार्थुङेका थिए भने अन्य स्थानहरुबाट पनि कविताहरु प्राप्त भएको थियो।स्थानीय कविहरुलेपनि आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो । 

कार्यक्रमको तेश्रो चरणमा लेखक सुशिल ताम्राकारज्युको पुस्तक"पिताजीको सुनको तक्मा" आख्यानकार कृष्ण धराबासीज्युले बिमोचन गर्नु भयो । उक्त बिमोचित पुस्तकको बारेमा लेखक स्वयंले टिप्पणी गर्दै छोटो मन्तब्य दिनु भएको थियो ।

प्रतियोगितात्मक कविताहरुको निर्णायकमा आचार्य प्रभा,राधा पौडेल र सुशिल ताम्राकार हुनुहुन्थ्यो ।सोही कार्यक्रममा साहित्यकार कृष्ण धराबासी,कवि गोबिन्द गिरी प्रेरणा,कवि बिप्लव प्रतीकज्युलाई  सम्मान गर्दै, सम्मान पत्र रक्की माउण्टैनका अध्यक्ष शरद आचार्य,अ.ने.सा.स. केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा,र अ.ने.सा.स. कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले प्रदान गर्नु भएको थियो । उक्त प्रतियोगी कविताहरुमा प्रथम कविता "झण्डा"कवि बासुदेब खनाल,दोश्रो कविता "आमा" देव भट्टराई,र तेश्रो कविता  "म लोग्ने मान्छे,भइेदिए" सृजना अर्याल नेपाल  थिए ।

बिजेता कविहरुलाई पुरस्कार स्वरुप नगद बितरण गरिएको थियो ।  सोही कार्यक्रममा एन्मा नासा संयुक्त सम्मेलनका संयोजक शरद आचार्यले छोटो मन्तब्य दिनु भयो भने सोही अवसरमा साहित्य गोष्ठी संयोजक अ.ने.सा.स. उपाध्यक्ष राजु सिटौलाज्युले सबै उपस्थित महानुभाव लगायत कवि गोष्ठिमा आफ्ना रचनाहरु प्रेषित गर्नु हुने र उक्त कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु हुँदै आभार ब्यक्त गर्नु भयो ।साहित्यिक कार्यक्रम(कवि गोष्ठि)का सभापति पदम विश्वकर्माज्युले सभा बिसर्जन गर्नु हुँदै आफ्नो छोटो भनाइे प्रस्तुत गर्नु भएर सबैप्रती आभार ब्यक्त गर्नु भयो  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com