महिलाद्वारा गाँजा ओसार्न सर्लाही ‘ट्रान्जिट’ I

 सर्लाही साउन २३,

टंकबहादुर क्षेत्री :  गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा बुधबार सर्लाहीको सदरमुकाम मलंगवाबाट तीनजना महिला पक्राउ परेका छन् । मकवानपुरको मनहरीबाट गाँजा लिएर आएका स्थानीय दुई महिलाले सर्लाहीको लक्ष्मिपुर सुखचैना निवासी एक महिलालाई ल्याएको गाँजा दिन खोज्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । यो सहित गत कात्तिक यतामात्रै गाँजा ओसारपसार गरेको आरोपमा सर्लाहीको विभिन्न स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ८ जना महिलालाई पक्राउ गरिसकेको छ । 

लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित गाँजाको उत्पादन विशेष गरी मकवानपुरको मनहरी लगायत आसापासका गाउँहरुमा बढी हुन्छ र त्यहीबाट मुलुकका विभिन्न स्थान सहित भारतमा समेत सप्लाई हुने गरेको बताईन्छ । मनहरी लगायत आसापासका ठाउँबाट सर्लाहीको सदरमुकाम मलंगवा, बरहथवा लगायत स्थानसम्म उतैका महिलाले ल्याउने र त्यहाँबाट अर्कै महिलाले भारतीय बजारसम्म पु¥याउने गरेको जानकारहरु बताउँछन् । मकवानपुरको गाँजा उत्पादन स्थलबाट भारतीय बजारसम्म पु¥याउनका लागि सर्लाही ‘ट्रान्जिट’ बन्दै गएको गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा पटक–पटक महिलाहरु पक्राउ पर्नुले स्पष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार मध्यान्ह १२ बजे सदरमुकाम मलंगवा स्थित शिवशागर चोकबाट तीनजना महिलालाई ६ किलो गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीको लक्ष्मिपुर सुखचैना गाविस–९ निवासी ४५ वर्षीया राजकुमारी देवी राउत, मकवानपुर जिल्ला मनहरी गाविस–९ निवासी १९ वर्षीया सिता लामा र ३० वर्षीया प्रेरणा लामा रहेका छन् ।

प्लाष्टिक र कागजले ‘¥याप’ गरेर (मोडेर) सिता र प्रेरणाले मकवानपुरबाट लिएर आएको दुईपोका गाँजा राजकुमारीलाई राउतलाई हस्तान्तरण गर्दैगर्दा तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बसबाट ओर्लेपछि शिवशागर चोकदेखि केही पर गाँजाका पोका आदान प्रदान हुँदै गर्दा तीन जना महिला पक्राउ परेका हुन् । पक्राउ महिलाहरुबारे विस्तृतमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु तीनजालाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडी बढाएको छ ।

त्यस्तै गत मंसिर १० गते सशस्त्र प्रहरी वेस क्याम्प धरहराले करिब १० केजी गाँजा सहित तीनजना महिलालार्ई नियन्त्रणमा लिएको थियो । शरिरमा गाँजा प्याक गरिएका कपडाको भोटो र पोटुका बाँधेर आएका तीनजना महिलालाई ढुंग्रेखोला गाविसको धरहरा स्थिब बेसक्याम्पले पक्राउ गरेको थियो । ना. १ ज २६४४ नम्बरको म्याजिक भ्यानमा नयारोडबाट बरहथवातर्फ गईरहेको अवस्थामा सक्रौल गाविस–९ निवासी ३५ वर्षीया निर्मली सहनी, ४० वर्षीया मनिता सहनी र ४५ वर्षीया जक्तारण सहनी त्यस्तो अवस्थामा पक्राउ परेका थिए । निर्मलीले भित्रबाट गाँजा राखेर बनाईएको कपडाको भोटो लगाएकी थिइन् भने मनिता गाँजा प्याक गरेर बनाईएको पोटुका पेटमा बाँधेको अवस्थामा फेला परेकी थिईन् । जक्तारणको शरिरबाट भने गाँजा फेला परेको थिएन । उनीहरु तीनैजनाले छुट्टाछुट्टै झोलामा समेत गाँजा बोकेका थिए । शरिरमा प्याक गरिएको गाँजा अरुले नदेखुन् भनेर पक्राउ परेका महिलाहरुले ठूला–ठूला ओड्ने समेत ओडेका थिए ।

त्यसैगरी गत कात्तिक ५ गते काठमाण्डौबाट मलंगवा हुँदै चक्करघट्टा बजार जान लागेको ना. ४ ख ४२०२ नम्बरको रात्रीबसबाट २ वटा व्यागमा रहेको करिब १० किलो गाँजा सहित दुई महिलालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मलंगवाबाट नियन्त्रणमा लिएको थियो । बसमा गाँजा सहित फेला परेको व्याग र उक्त व्याग भित्र महिला एवं बच्चाबच्चीका कपडा समेत फेला पर्नु र सोही बसमा यात्रारत् दुईजना मात्र महिला हुनुले प्रहरीले एकिनसहित उनीहरुलाई पक्राउ गरेको थियो । तर पक्राउ परेका महिलाले गाँजा सहितको झोला आफ्नो नभएको पटक–पटक दावी गरेपछि र प्रहरीसँग पर्याप्त प्रमाण उपलब्ध नभएपछि ती दुईजना महिला दुईदिनपछि छुटेका थिए ।

बरामद् झोलामा सानो बच्चाको पूराना कपडाहरु हुनु र बसमै यात्रारत दुई महिलामध्येकै एकको काखमा सानो बच्चा समेत हुनुले प्रहरीले ती दुई महिलाले नै गाँजा ओसारपसार गरेको ठहर सहित पक्राउ गरेको थियो । तर पर्याप्त प्रमाण हुन नसक्दा उनीहरु मुद्धा प्रकृया विनै दुई दिनपछि प्रहरीको हिरासतबाट मुक्त भएका थिए । प्रहरीका अनुसार चेकजाँचका क्रममा बसमा रहेका सबै यात्रुलाई आ–आÇनो झोला लिएर झर्न भनेपछि अन्य यात्रुहरु झोला लिएर झरेपनि ती दुई महिलाहरु भने रितै झरेका थिए । बसभित्र चेकगर्दा दुईवटा झोला फेला परेपछि ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ उनीहरुलाई पक्राउ गरिएको थियो ।

श्रृंखलाबद्ध रुपमा गाँजा सहित महिलाहरु पक्राउ पर्न थालेपछि नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने गिरोहले पछिल्लो पटक महिलाहरुलाई गाँजा ओसारपसारमा उपयोग गर्ने गरेको प्रहरीले अनुमान गरेको छ । ‘गाँजाको कारोबार गर्ने गिरोहले महिलाहरुलाई उपयोग गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले भने, ‘गाँजा सहित पक्राउ परेका तीनजना महिलाहरुसँग बयान लगायत विस्तृतमा अनुसन्धान गरिरहेका छौं ।’ जानकारहरुका अनुसार पछिल्लो समय गाँजाको कारोबार गर्ने गिरोहले १ हजारदेखि ५ हजारसम्म नगद दिएर महिलाहरुलाई नेपालबाट भारततर्फ गाँजा लैजानका लागि उपयोग गरिरहेका छन् । गरिबीका कारण महिलाहरु सजिलो अनि आकर्षक रकम पाईने भएका कारण गाँजा ओसारपसारमा उपयोगी बन्दै गएका हुन् ।

विगतमा ट्रक, कन्टेनर लगायत सवारी साधनमै विभिन्न खाद्य सामग्रीहरुको कार्टुनले घेरेर तस्करी हुने गरेको गाँजा प्रहरीले धमाधम नियन्त्रणमा लिएपछि कारोबारीहरुले गाँजा ओसारपसारमा महिलालाई उपयोग गर्ने नया उपाय अपनाएको अनुमान गरिएको छ । केही वर्षअघि एउटै कन्टेनरबाट प्रहरीले सर्लाहीको हरिवन तथा नवलपुरबाट ४० क्वीन्टल भन्दा बढी गाँजा बरामद् गरेको थियो ।

महिलाद्वारा गाँजा ओसार्न सर्लाही ‘ट्रान्जिट’ –टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक मलंगवा, साउन २२ । गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा बुधबार सर्लाहीको सदरमुकाम मलंगवाबाट तीनजना महिला पक्राउ परेका छन् । मकवानपुरको मनहरीबाट गाँजा लिएर आएका स्थानीय दुई महिलाले सर्लाहीको लक्ष्मिपुर सुखचैना निवासी एक महिलालाई ल्याएको गाँजा दिन खोज्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । यो सहित गत कात्तिक यतामात्रै गाँजा ओसारपसार गरेको आरोपमा सर्लाहीको विभिन्न स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ८ जना महिलालाई पक्राउ गरिसकेको छ । 

लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित गाँजाको उत्पादन विशेष गरी मकवानपुरको मनहरी लगायत आसापासका गाउँहरुमा बढी हुन्छ र त्यहीबाट मुलुकका विभिन्न स्थान सहित भारतमा समेत सप्लाई हुने गरेको बताईन्छ । मनहरी लगायत आसापासका ठाउँबाट सर्लाहीको सदरमुकाम मलंगवा, बरहथवा लगायत स्थानसम्म उतैका महिलाले ल्याउने र त्यहाँबाट अर्कै महिलाले भारतीय बजारसम्म पु¥याउने गरेको जानकारहरु बताउँछन् । मकवानपुरको गाँजा उत्पादन स्थलबाट भारतीय बजारसम्म पु¥याउनका लागि सर्लाही ‘ट्रान्जिट’ बन्दै गएको गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा पटक–पटक महिलाहरु पक्राउ पर्नुले स्पष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार मध्यान्ह १२ बजे सदरमुकाम मलंगवा स्थित शिवशागर चोकबाट तीनजना महिलालाई ६ किलो गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीको लक्ष्मिपुर सुखचैना गाविस–९ निवासी ४५ वर्षीया राजकुमारी देवी राउत, मकवानपुर जिल्ला मनहरी गाविस–९ निवासी १९ वर्षीया सिता लामा र ३० वर्षीया प्रेरणा लामा रहेका छन् । प्लाष्टिक र कागजले ‘¥याप’ गरेर (मोडेर) सिता र प्रेरणाले मकवानपुरबाट लिएर आएको दुईपोका गाँजा राजकुमारीलाई राउतलाई हस्तान्तरण गर्दैगर्दा तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बसबाट ओर्लेपछि शिवशागर चोकदेखि केही पर गाँजाका पोका आदान प्रदान हुँदै गर्दा तीन जना महिला पक्राउ परेका हुन् । 

पक्राउ महिलाहरुबारे विस्तृतमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु तीनजालाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडी बढाएको छ । त्यस्तै गत मंसिर १० गते सशस्त्र प्रहरी वेस क्याम्प धरहराले करिब १० केजी गाँजा सहित तीनजना महिलालार्ई नियन्त्रणमा लिएको थियो । शरिरमा गाँजा प्याक गरिएका कपडाको भोटो र पोटुका बाँधेर आएका तीनजना महिलालाई ढुंग्रेखोला गाविसको धरहरा स्थिब बेसक्याम्पले पक्राउ गरेको थियो । ना. १ ज २६४४ नम्बरको म्याजिक भ्यानमा नयारोडबाट बरहथवातर्फ गईरहेको अवस्थामा सक्रौल गाविस–९ निवासी ३५ वर्षीया निर्मली सहनी, ४० वर्षीया मनिता सहनी र ४५ वर्षीया जक्तारण सहनी त्यस्तो अवस्थामा पक्राउ परेका थिए । 

निर्मलीले भित्रबाट गाँजा राखेर बनाईएको कपडाको भोटो लगाएकी थिइन् भने मनिता गाँजा प्याक गरेर बनाईएको पोटुका पेटमा बाँधेको अवस्थामा फेला परेकी थिईन् । जक्तारणको शरिरबाट भने गाँजा फेला परेको थिएन । उनीहरु तीनैजनाले छुट्टाछुट्टै झोलामा समेत गाँजा बोकेका थिए । शरिरमा प्याक गरिएको गाँजा अरुले नदेखुन् भनेर पक्राउ परेका महिलाहरुले ठूला–ठूला ओड्ने समेत ओडेका थिए । त्यसैगरी गत कात्तिक ५ गते काठमाण्डौबाट मलंगवा हुँदै चक्करघट्टा बजार जान लागेको ना. ४ ख ४२०२ नम्बरको रात्रीबसबाट २ वटा व्यागमा रहेको करिब १० किलो गाँजा सहित दुई महिलालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मलंगवाबाट नियन्त्रणमा लिएको थियो । 

बसमा गाँजा सहित फेला परेको व्याग र उक्त व्याग भित्र महिला एवं बच्चाबच्चीका कपडा समेत फेला पर्नु र सोही बसमा यात्रारत् दुईजना मात्र महिला हुनुले प्रहरीले एकिनसहित उनीहरुलाई पक्राउ गरेको थियो । तर पक्राउ परेका महिलाले गाँजा सहितको झोला आफ्नो नभएको पटक–पटक दावी गरेपछि र प्रहरीसँग पर्याप्त प्रमाण उपलब्ध नभएपछि ती दुईजना महिला दुईदिनपछि छुटेका थिए । बरामद् झोलामा सानो बच्चाको पूराना कपडाहरु हुनु र बसमै यात्रारत दुई महिलामध्येकै एकको काखमा सानो बच्चा समेत हुनुले प्रहरीले ती दुई महिलाले नै गाँजा ओसारपसार गरेको ठहर सहित पक्राउ गरेको थियो । तर पर्याप्त प्रमाण हुन नसक्दा उनीहरु मुद्धा प्रकृया विनै दुई दिनपछि प्रहरीको हिरासतबाट मुक्त भएका थिए । 

प्रहरीका अनुसार चेकजाँचका क्रममा बसमा रहेका सबै यात्रुलाई आ–आÇनो झोला लिएर झर्न भनेपछि अन्य यात्रुहरु झोला लिएर झरेपनि ती दुई महिलाहरु भने रितै झरेका थिए । बसभित्र चेकगर्दा दुईवटा झोला फेला परेपछि ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ उनीहरुलाई पक्राउ गरिएको थियो । श्रृंखलाबद्ध रुपमा गाँजा सहित महिलाहरु पक्राउ पर्न थालेपछि नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने गिरोहले पछिल्लो पटक महिलाहरुलाई गाँजा ओसारपसारमा उपयोग गर्ने गरेको प्रहरीले अनुमान गरेको छ । ‘गाँजाको कारोबार गर्ने गिरोहले महिलाहरुलाई उपयोग गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले भने, ‘गाँजा सहित पक्राउ परेका तीनजना महिलाहरुसँग बयान लगायत विस्तृतमा अनुसन्धान गरिरहेका छौं ।’ 

जानकारहरुका अनुसार पछिल्लो समय गाँजाको कारोबार गर्ने गिरोहले १ हजारदेखि ५ हजारसम्म नगद दिएर महिलाहरुलाई नेपालबाट भारततर्फ गाँजा लैजानका लागि उपयोग गरिरहेका छन् । गरिबीका कारण महिलाहरु सजिलो अनि आकर्षक रकम पाईने भएका कारण गाँजा ओसारपसारमा उपयोगी बन्दै गएका हुन् । विगतमा ट्रक, कन्टेनर लगायत सवारी साधनमै विभिन्न खाद्य सामग्रीहरुको कार्टुनले घेरेर तस्करी हुने गरेको गाँजा प्रहरीले धमाधम नियन्त्रणमा लिएपछि कारोबारीहरुले गाँजा ओसारपसारमा महिलालाई उपयोग गर्ने नया उपाय अपनाएको अनुमान गरिएको छ । केही वर्षअघि एउटै कन्टेनरबाट प्रहरीले सर्लाहीको हरिवन तथा नवलपुरबाट ४० क्वीन्टल भन्दा बढी गाँजा बरामद् गरेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com