रोधी क्लब तथा नेपाली भान्छाघर द्वारा एम्बुलेन्स वितरण I

चापागाउँ (ललितपुर) साउन १७,

ललितपुर रोधी क्लब तथा नेपाली भान्छाघरले ‘सिद्धिपुर शान्ति तथा विकास केन्द्र सानोगाउँ’ लाई निःशुल्क एम्बुलेन्स वितरण गरेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीले एम्बुलेन्सको साँचो केन्दलाई हस्तान्तरण गर्दै रोधी क्लबको सामाजिक कार्यमा भएको झुकावप्रति प्रशंसा गर्नुका साथै समाजसेवामार्फत संस्थालाई आम जनसमुदायबीच चिनाउन सजिलो हुने बताए ।

बिहीबार साँझ क्लबको स्थापनाकालको दसौँ वार्षिकोत्सवको अवसर पारेर एम्बुलेन्स प्रदान गरिएको क्लबका अध्यक्ष सानुमैया श्रेष्ठले बताइन् । संस्थाले यसअघि प्रगति क्लब हरिसिद्वि, सम्पूर्ण तमु समाज कुसुन्ती, शुभेक्ता सेवा समाज खोकनालाई एम्बुलेन्स र किराँत याकथुङ चुम्लुङ शोभाहिटीलाई शवबाहन प्रदान गरिएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com