एजेन्सी श्रावन २७,
पश्चिम अफ्रिकी मुलुकहरुबाट सुरु भएको खतरनाक इबोला भाइरस अन्तरिक्षबाट आएको दाबी एक वैज्ञानिकले गरेका छन् । इन्जिनियरिङमा पिएचडी गरिरहेका बेलायतका एस्ले डेलले इबोलाको भाइरस पृथ्वीबाट नभई अन्तरिक्षका एलियनबाट आएको दाबी गरेका हुन् ।
‘हरेकवर्ष हाम्रो पृथ्वीमा मंगलग्रहबाट उल्कापिण्डहरु आउछन्, त्यही क्रममा अन्तरिक्षबाट इबोलाको भाइरस पनि आएका हुन सक्छन् ।’ उनले भने । उनले अन्तरिक्षको यात्रा गर्दा भाइरसलाई कुनै असर नपर्ने भएकाले तिनीहरु पृथ्वीमा आउन सकेको तर्क पनि गरे । विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार इबोलाको संक्रमणबाट अफ्रिकी देशमा १ हजार मानिसको मृत्यु भैसकेको छ भने यसको बढी असर लाइबेरिया, गिनी र सियरालियोनमा परिरहेको छ ।
नाइजेरिया र बेनिनमा पनि इबोला देखिन थालेको बताइएको छ । इबोलाको अहिलेसम्म कुनै उपचार निस्किएको छैन । तातो पानी र नुनमा नुहाएपछि इबोला निको हुने हल्ला फैलिएपछि नाइजेरियाली सरकारले त्यस्तो हल्लाको पछाडि नलाग्न र त्यस्तो गर्दा उपचार नहुने स्पष्ट पारेको छ । इबोलाबाट बच्न भन्दै प्रशस्त नुन खाने र तितो कोला खाने २० नाइजेरियालीहरु अस्पताल भर्ना भएका छन् ।