कोलगेट टुथपेष्टमा क्यान्सर गराउने तत्व I

श्रावन २८,

कोलगेट टोटलमा प्रयोग गरिएको ट्राइक्लोसान तत्व क्यान्सरसंग संबन्धित :

बहुराष्ट्रिय उत्पादन कोलगेट टोटल टुथपेष्टमा गिजाको रोगसंग लड्नका लागि प्रयोग गरिएको रासायनिक पदार्थमा क्यान्सर गराउने तत्व रहेको पाइएको छ । बेलायतको डेलीमेल अनलाइनमा जनाइएअनुसार कोलगेट टोटलमा प्रयोग गरिएको ट्राइक्लोसान नामक तत्व क्यान्सरसंग संबन्धित रहेको पाइएको हो ।

कम्पनीले ट्राइक्लोसानले गिजाको रोगबाट बचाउने भएकाले सुरक्षित रहेको दाबी गर्दै आएको छ । यो टुथपेष्टलाई अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्टे«ेशन (एफडिए) ले सन् १९९७ मा स्वीकृति दिएको थियो । यो टुथपेष्टलाई लाखौ अमेरिकीहरुले दैनिक प्रयोग गर्छन् । तर, गतवर्ष सूचनाको स्वतन्त्रता ऐनअनुसार मुद्दा परेपछि यसवर्षको सुरुमा सार्वजनिक गरिएको एक रिपोर्टले एफडिएले कम्पनीकै कागजातका आधारमा स्वीकृति दिने निष्कर्षमा पुगेको खुलासा गरेको छ । ३५ पृष्ठ लामो सो रिपोर्टमा एफडिएले ट्राइक्लोसानले क्यान्सरको खतरा निम्त्याउने चिन्ता व्यक्त गरेपनि कम्पनीले भने बढी मात्रामा प्रयोग गरिएको अवस्थामा मात्र समस्या निम्त्याउने तर्क दिएको पनि खुलासा गरेको दाबी गरिएको छ । तर, अध्ययनहरुले के देखाएका छन् भने यो रासायनिक पदार्थले समयअगावैको जन्म र जनावरमा हड्डीको विकास नहुने समस्या निम्त्याउँछ ।

सन् २०१०मा एक विद्यार्थीले गरेको अध्ययनले ट्राइक्लोसानले मुसाहरुमा वीर्य उत्पादनमा कमी ल्याएको पाइएको थियो । यस्तै, कतिपय अनुसन्धानले ट्राइक्लोसानले मुसा र बिरालोका हड्डीमा समस्या ल्याउने पुष्टि गरेको थियो । तर, कोलगेट कम्पनीले ती अनुसन्धान जनावरमा मात्र भएकाले मानिसमा कुनै खतरा नपर्ने दाबी गरेको छ । कम्पनीले उक्त ३५ पेज लामो रिपोर्टले ट्राइक्लोसान मानवका लागि खतरनाक हुन्छ भने पुष्टि नगर्ने दाबी गर्दै १९ हजार मानिसका बीच गरिएका ८० वटा अनुसन्धानले सुरक्षित रहेको प्रमाणित गरिसकेको बताएको छ ।

कम्पनीका प्रवक्ता थोमस डिपिएज्जाले भनेका छन्, ‘हामी १८ वर्षदेखि अमेरिकी बजारमा छौं, तर, अहिलेसम्म मानवलाई पर्ने असरबारे कुनै संकेतसम्म आएको छैन ।’ उनले एफडिए ट्राइक्लोसानले गर्ने असरबारे चिन्तित भएपनि सन् १९९७ मा गरिएको अनुसन्धानले मानवमा क्यान्सरको खतरा नभएको पत्ता लागिसकेको बताए । सन् २०१० मा युरोपियन युनियनले ट्राइक्लोसान प्रयोग गरिएका खाद्यपदार्थमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी :
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com