मोनरोभा भाद्र ९,
आलोचकहरूले पश्चिमी अफ्रिकी सरकारहरूले यस रोगसँग लङ्न स्रोत उपयोग गर्नुपर्ने कुराका कारण यो समस्या स्वीकार गर्न ढिलाइ गरेको भनी आरोप लगाएका छन् ।
गिनीको आधिकारिक मजदुर सङ्घका अधिकारी अमादु सुमाहले यो रोग सङ्क्रमणको केन्द्र भए पनि यस मुलुकले गत साता मात्र राष्ट्रिय आपत्काल घोषणा गरेको र सरकारले लगानीकर्ताहरू भागेर नजाउन भनी त्यसो गरेको बताए ।
हाल गिनीले थप खर्च हुननदिन सीमामा सेना तैनाथ गर्न थालेको छ । उसले लाइबेरिया तथा सियरा लोनसँगको सीमा बन्द गर्न खोजेको छ ।
यस क्षेत्रका जनतालाई यस महामारीले खाद्यान्न कमीको अझै नराम्रो समस्या सिर्जना गरिदिएको छ । बजारमा चामलजस्ता खाद्यसामग्रीको आपूर्ति न्यून हुन थालेको छ र केबल साहसी व्यापारीले मात्र खेतमा गई खाद्यान्न किन्ने चाहना व्यक्त गरेका छन् ।
सियरा लोन तथा लाइबेरियाको प्रवेश अवरोध बनाइएको क्षेत्रमा किसान जान सक्दैनन् र त्यहाँका कोका तथा कफीका बालीहरू खेतमै कुहिन थालेका छन् ।
पेरिस विश्वविद्यालयमा पश्चिमी अफ्रिकी अर्थतन्त्रका प्राध्यापक डी भेयरले मानिस सकेसम्म घरबाहिर कम जान थालेको देखिएको बताउनुभयो । यसका कारण बजारमा तरकारीको पनि आपूर्ति कम भएको उनले बताए ।
लागोसमा फिनानसियल डेरिभेटिभ कम्पनीका प्रमुख विस्मार्क रेवाले यस महिना होटेलमा बुकिङ ३० प्रतिशत घटेको र ठूलो सामाजिक भेलाका लागि खाना तथा पेय पदार्थको माग निकै कम भएको बताए । रासस÷एएफपी :
इबोला विषाणुको सङ्क्रमणले पश्चिम अफ्रिकी मुलुकको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्न थालेको छ । यहाँ बाली खेतमै कुहिन थालेका छन्, खानी बन्द भएका छन् र उत्पादन बजारमा पुग्नसकेका छैनन् ।
गिनीको दक्षिणी भागका जङ्गलमा आरम्भ भएको यस महामारीले यस क्षेत्रलाई उजाड बनाएको छ । यसका कारण एक हजार ४२७ व्यक्तिको मृत्यु भएको छ र हजारौँ व्यक्ति सङ्क्रमित भएका छन् ।
शुक्रबार स्वास्थ्य अधिकारीहरूले यो ज्वरो लाइबेरियाको हरेक क्षेत्रमा पुगेको बताएका छन् । यो मुलुक यस महामारीबाट सबैभन्दा प्रभावित बनेको छ र यहाँ हालसम्म ६२४ व्यक्तिको मृत्यु भइसकेको छ ।
यस रोगबाट मर्नेको सङ्ख्यामा वृद्धि भइरहेको अवस्थामा यसले यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रभावित बनाएको छ भने विश्वका सबैभन्दा गरिब मुलुकहरूमध्ये केहीको दीर्घकालीन विकासलाई चुनौती दिएको छ ।
लाइबेरियाको राजधानी मोनरोभियाका बजारमा कपडा व्यापारी अलहाजी बामोगोले यस रोगले पूर्णतया प्रलय ल्याएको र आफूहरूले ठूलो धनराशि गुमाइरहेको बताए ।
उनले बजारमा आउने सबैले खाना तथा इबोला सङ्क्रमण हुननदिने औषधि मात्र खरिद गरेको बताए ।
रक्तस्राव गराउने यो ज्वरो शरीरको तरल प्रदार्थको सम्पर्कबाट फैलन्छ र यसैका कारण लाइबेरिया, सियरा लोन, गिनी तथा नाइजेरिया जस्ता स्रोतले धनी मुलुकका कम्पनीहरू आफ्नो उत्पादन बन्द गर्न बाध्य भएका छन् ।
स्टिल उत्पादक बृहत् संस्था आर्सेलरमित्तलले आफ्ना ठेक्केदारहरूलाई उसको लाइबेरियामा विस्तार भइरहेको उत्पादन स्थगन भएको र कर्मचारीहरू फिर्ता गर्न थालिएको जानकारी दिएको छ ।
धेरै अन्तर्राष्ट्रिय विमानसेवाहरूले पश्चिमी अफ्रिकामा आफ्नो उडान रोकेका छन् र मुडीको स्तर निर्धारण संस्थाले यसले यस क्षेत्रको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने जानकारी दिएको छ ।
अफ्रिकामा सबैभन्दा बढी तेल उत्पादन गर्ने र यस क्षेत्रका सबैभन्दा बढी जनसङ्ख्यायुक्त मुलुक नाइजेरियामा हालसम्म इबोला सङ्क्रमणका १५ विरामी देखा परेका छन् भने तीमध्ये पाँचको मृत्युभएको छ । यदि यस रोगले यस मुलुकमा थप प्रभाव पारेमा त्यसले यस क्षेको अर्थतन्त्रमा निकै नराम्रो प्रभाव पार्ने विशेषज्ञहरूले बताएका छन् ।
अफ्रिकी विकास बैङ्कका अध्यक्ष डोनाल्ड काबेरुकाले यस महिना इबोला सार्वजनिक स्वास्थ्यको सङ्कट मात्र नभइ यो आर्थिक सङ्कट पनि भएको र यसले निकै क्षेत्रका क्रियाकालपमा प्रभाव पार्ने बताउनुभएको थियो ।
फ्रान्सेली बौद्धिक संस्था आइरिसका अफ्रिकासम्बन्धी अनुसन्धान निर्देशक फिलिप ह्युगनले यो क्षेत्र निर्भर भएको अन्तर्राष्ट्रिय कम्पनीहरू दीर्घकालीन रूपमा यहाँबाट पलायन हुनु सबैभन्दा ठूलो चुनौती बनेको बताए ।
उनले यो रोग सीमित रूपमा रहने वा दीर्घकालसम्म सङ्क्रमण कायम रहने कुरामा विदेशी व्यापरिक संस्थाहरूको उपस्थिति निर्भर रहने बताउनुभयो ।
यो रोग यहाँ दीर्घकालसम्म रहे गिनी, सियरा लोन तथा लाइबेरिया इबोला तथा एड्स जस्ता रोगका कारण बाँच्नका लागि खतराजन्य मुलुक भएको धारणा बलियो हुने र त्यसले लगानीलाई प्रभावित बनाउने उनी बताउँछन् ।
यस रोगको सङ्क्रमणले त्यसै पनि सरकारको न्यून बजेट खर्च गराइरहेको छ र त्यसले ती मुलुकको अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ ।
मुडीले इबोलालाई नियन्त्रण गर्न स्वास्थ्यको क्षेत्रमा बढ्दो खर्च गर्न सरकारहरूलाई बाध्य बनाएको र यसैका कारण सरकारको राजश्व उठ्तीमा कमी आउने चेतावनी दिएको छ ।
यसै महिना अफ्रिकी विकास बैङ्कले यी चार प्रभावित मुलुकका स्वास्थ्य प्रणालीका लागि छ करोड अमेरिकी डलर बराबर उपलब्ध गराउने बचन दिएको छ ।

नाइजेरियालाई इबोलाले कमै प्रभाव पारे पनि मानिसहरू घरैमा बस्न थालेको बताइएको छ । यसो भए पनि यस मुलुकको आर्थिक रूपमा प्रमुख तेल उद्योगमा भने यस रोगले ठूलो प्रभाव नपारेको बताइएको छ ।