सङ्क्रमण रोगको जोखिम I

नेपालगन्ज भाद्र ४,

हालै मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा आएको बाढी तथा डुबानका कारण मानिसमा सङ्क्रमण रोगको जोखिम बढेको छ ।

बाढी तथा डुबान प्रभावित मानिसलाई आउन सक्ने सङक्रमण रोगबाट जोगाउन जिल्ला दैवी प्रकोपअन्तर्गत गठित स्वास्थ्य उपसमितिलाई ती जिल्लामा परिचालन गरिसकिएको जनाइएको छ ।

खाल्डामा जमेको पानी, दूषित पिउने पानी तथा खाना र असुरक्षित आवासका कारण बाढी पीडितलाई संक्रमण हुन सक्नेतर्पm स्वास्थ्य सतर्कता अपनाउन पनि समितिले आग्रह गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन रामबहादुर चन्दका अनुसार बाँके जिल्लाको होलिया, बेतहनी गाँउका मानिसमा अहिले झाडापखाला, भाइरल ज्वरोको संक्रमण देखा परेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com