भर्जिनिया, अमेरिका २६,
बसन्त श्रेष्ठ :
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलेनेपालको संसदमा ऐतिहासिक सम्बोधन गरे । धेरैको मन जित्न सफल
सो सम्बोधनलेसम्पूर्ण नेपाली मनहरुमा बिधमान रहेको सर्बसताबाद र पुरातनवादी बिचारहरुलाई च्यातेर एउटा
नया प्रगतिउन्मूख प्रजातान्त्रिक मुल्य र मान्यताको कसी लाई उजागर गरेको प्रस्ट हुन्छ । भारतीय जनता
पार्टीका नेतालेप्रधानमन्त्रीको हैसियतलेगरेको यो सम्बोधनलेसम्पूर्ण नेपाली राजनैतिक दलका नेताहरु
लाई प्रस्ट भएको हुनुपर्छ कि नेता र राजनेतामा भेद र फरक कस्तो हुदो रहेछ ।
पार्टी र व्यक्तिगत स्वार्थ
भन्दा माथि उठेर जब कुनैनेता जनताको लागि र जनता प्रति समर्पित हुन्छन तब ति राजनेता कहलिन्छन । १७ बर्ष पछि भारतको प्रधानमन्त्रीको यो ऐतिहासिक भ्रमणमा जसरि नेपालको संघीय लोकतान्त्रिक
गणतन्त्रको संविधान जारि गर्नेपुर्ब सन्ध्यामा प्रधानमन्त्री मोदीलेसरल भाषामा स्पष्ट रुपमा उनले
सहयोग र मित्रताको जुन बोली बोलेत्यो बास्तबमा नैएक अनुपम, मर्मस्पर्शी र हिर्दयस्पर्शी सम्बोधन
थियो । उनको यस सम्बोधन बाट थुप्रैनेपालीको मनमा रहेका संका उप संका र भ्रमलाई चिर्न उनि सफलमात्र
भएनन् भविष्यमा थुप्रैआशाका फलहरुफुलाउने संकल्प पनि गरे । त्यसैकारणले हुनुपर्दछ उनको यस्तो
ओजस्वी भाषणलेसम्पूर्ण नेपालीको मन जितेको छ ।
प्रथमत उनलेनेपाली भाषामा बोलेर सम्पूर्ण नेपालीहरुको स्वाभिमान लाई उच्चा राख्नेप्रयत्न गरे ।
दक्षिण
अफ्रिकाका स्वतन्त्र सेनानी स्व. नेल्सन मण्डेला लेभाषा सम्बन्धि भनेका छन् "यदि तिमीलेकसैसंग कुरा
गर्दा उसलेबुझ्नेभाषामा कुरा गर्यो भनेत्यो कुरा उसको मष्तिस्कमा जान्छ तर यदि तिमीलेउसको बोल्ने
भाषामा कुरा गरेउ भनेत्यो कुरा उसको हिर्दयमा गएर बस्दछ" । सम्पूर्ण नेपालीको मन भित्र बस्नेप्रयत्न
उनलेनेपाली भाषामा बोलेर शुरुवात गरे । आफ्नो भाषा, कला र संस्कृति सम्पूर्ण मानब जातिको लागि प्राण
भन्दा पनि प्यारो हुन्छ । यो कुरा बुझेका उनलेसबैको मन जित्नको लागि उनलेकोशिस गरे । जुन उनि पूर्ण
रुपमा सफल पनि भए ।
उनलेआफ्नो सम्बोधनमा नेपाल भारत बिचको थाँती रहेका धेरैमुद्धामा प्रवेश नगरेतापनि संबिधान निर्माण,
आर्थिक बिकास र भारतलेगर्नेसहयोगको बारेमा आफ्नो प्रष्ट बिचार धारणा राख्न भ्याए । यस हिसाबले
उनि स्पस्टबादी हुन् ।
नेपालमा बिधमान "संघीय लोकतान्त्रिक गणतन्त्र" को समर्थनमा उनलेखुल्लेआम
उद्घोष गरेर बधाई पनि दिए । माओबादी दललेसंसदीयदलको राजनीतिमा प्रवेश गरेको कुरालाई उनलेउच्च
सम्मान मात्र प्रदान गरेनन प्रचण्ड लाई सम्राट अशोकको उचाईमा पुर्याएर समस्त विश्वमा अश्त्र ले
होइन शास्त्रलेराजनीति जितिन्छ भन्नेनजिर स्थापना पनि हुन्छ भन्नेआफ्नो भनाई राखे । "बुद्ध नेपालमा
जन्मेका हुन्" भनेर सारा नेपालीहरुरात दिन प्रचार प्रसारमा खटिरहेको बेला भारतका प्रधानमन्त्री लेनेपालको
संसदमा "बुद्ध नेपालमा जन्मेका हुन्" भनेर बोलिदिदा कुन नेपालीको मन प्रफुल्ल हुदैन होला । उनलेत्यति
मात्र बोलेनन्दक्षिण एसियाली सहयोग संगठनको क्षेत्रीय बैठकमा भाग लिन आउदा बुद्धको जन्मस्थल
लुम्बिनीको भ्रमण गर्नेआफ्नो मनसाय पनि प्रकट गरे ।
नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मुलुक हो भन्दैउनले "हाम्रो काम तपाइहरुको काममा दखल दिने, दिशा
दिनेअनि मन्जिलमा लानेहोइन ।
नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । नेतृत्व प्रदान गर्नोस हामि
सहयोग गर्न तयार छौं । बुद्धको भूमिमा बिचारको कमि हुदैन । नेपाललेहिमाल जतिकैउचाई प्राप्त गरोस ।बिश्व गौरवान्वित होस् । त्यस्तो नेपाल भएको भारत लेहेर्नेइच्छा छ ।" भनेर सबैनेताहरुलाई नेपाल भारतको
सम्बन्धमा अझ सुद्दद गर्नको लागि नेपाललेनेतृत्व लिनुपर्छ भनेर आह्वान पनि गरे ।
नेपालको नया संविधानको बारेमा आफ्नो बिचार राख्दैउनले "संबिधान समाबेशी हुनुपर्दछ । हर नेपाली नागरिक
पहाड / तराई सबैको होस् । सर्बजन हिताय र सर्बजन सुखाय हुनुपर्छ । संविधानलेजुटाउन मद्धत गर्छ
फुटाउनेगर्दैन, विवाद समाधानको माध्यम बन्छ ।
संविधानलेताकत र सामर्थ दिन्छ भन्दैसम्पूर्ण नेपालीको
लागि संबिधान लेखिनुपर्छ भन्नेआफ्नो बिचार राखे |
उनलेआफ्नो सम्बोधनको क्रममा बिर गोर्खालीको बिरताको प्रसंसा गर्न पनि चुकेनन् । अझ उनलेलामो समय
सम्म उनको सहयोगी रहेका नेपाली जीत बहादुर सारुमगरको परिवार लाई थुप्रैबर्ष पछी पुनर्मिलन गराउन
सहयोग पनि गरेर बास्तबमैएक निष्ठा र सहयोगको एक अनुपम उदाहरण प्रस्तुत गरे ।
छिमेकी मित्र राष्ट्र भारतको प्रधानमन्त्रीको सत्र बर्ष पछिको नेपाल भ्रमण हुनुर प्रधानमन्त्रीको
हैसियतलेनेपाल र भारतको सम्बन्धलाई अझ मजबुत पार्नको लागि भएको यस्तो सम्बोधन आज सम्म
कुनैपनि प्रधानमंत्री बाट भएको थिएन । यसैकारणलेपनि मोदी लाई नेपाली सबैलेअधिक मन पराए भन्दा
अत्युक्ति नहोला । यी त मैलेउनको भ्रमणको सन्दर्भमा उनलेगरेका सम्बोधनको सार मात्र मैलेप्रस्तुत गरेको हुँ ।
भन्छन जो
झुठ बोल्न जान्दैन उ नेता हुन्सक्दैन । प्रेम र राजनीतिमा सबैजायज हुन्छ पनि भन्छन । कथनी र करनीमा
ठुलो भिन्नता हुन्छ । यस कारणलेआँखा चिम्लेर नेताका कुरालाई विश्वास गरि हाल्नुपनि कठिनको कुरा
हो । कमसेकम हाम्रा नेताहरुको ब्यबहार र कारणलेगर्दा हामि यस्तो सोच्न बाध्य हुन्छौ । तर हामि किन
संधैअँध्यारो पक्ष लाई मात्र देख्नेर बुझ्नेप्रयास गर्छौ । केत्यसको उज्यालो पक्ष तर्फ इंगित भएका
गुण हरुलाई ग्रहण गर्न आबश्यक ठान्दैनौ । पूर्वाग्रह जीबन पर्यन्त रहिरहन्छ र ? समय, स्थान, काल र
परिश्थिति अनुरुप यसलेपरिबर्तन गर्दैन र ? हामि सिर्फ जड बिचारको राजनीतिलाई बढावा दिइरहेछौं । के
मोदीको प्रधानमन्त्री भए पछिको सम्बोधन लाई हामि गहिरिएर सोच्न र विश्लेषण गर्न असमर्थ छौं ? तर
मोदीको बिगतलाई एकपटक कोट्याउनेहो भनेतिनी भारतीय जनताका एक लोकप्रिय नेता हुन् । गुजरात राज्यमा
धेरैबर्ष मुख्य मन्त्रि रहेका उनि गुजरातको आर्थिक समुन्नति र बिकासमा उनको नेतृत्वको
सबैतर्फ
चर्चाको बिषय बनेकोछ । अझ उनलेएक नेपाली सहयोगी जीत बहादुर सारुमगर लाई एक धर्म पुत्रको रुपमा
लालन पालन गरि उच्च क्षिक्षा दिक्षा दिई लामो समय सम्मको उनको परिवार संगको बिछोडमा पुनर्मिलन
गराइदिनुसाचैनैएउटा ठुलो बिशाल हिर्दयको सहयोगी भाबना हो । तसर्थ मोदीको कुरालाई शंका मात्र नगरी अब
नेपालका हाम्रा नेताहरुलेउनलेभनेजस्तैनेतृत्व दिन सक्नुपर्छ । त्वम शरणम बनेर होइन समकक्षीको रुपमा
उभिएर बोल्न सक्नुपर्दछ । सहयोग मागेर मात्र होइन आफुमा बिधमान अपार जलश्रोतको सम्भाबना लाई
बेच्न पनि सक्नुपर्दछ । शंकालेलंका जान्छ भनेझैं शंका र खोट मात्र मित्रतामा देख्नुहुदैन ।
हाम्रो बिशाल
जल राशिलाई उपयोगमा ल्याउनुपर्छ । पर्यटनको बिशाल सम्भावनालाई उपयोगमा ल्याउनुपर्छ | अब देशले
द्दढ अठोट र प्रतिबद्ध भएको एउटा जिम्मेवार नेताको माग गरेको छ जस्लेमोदीको सहयोगमा आफ्नो दरिलो र
गर्विलो हात मिलाउन सकोस । देशलाई नया दिशा र गति दिन सक्षम बनोस ।
म यस क्षण हाम्रा थुप्रैनेताहरुको अनुहारको बिचमा हाम्रा दिबंगत दुइ नेता लाई सम्झी रहेछु । यदि यस बखत
मेरो देशमा पनि मोदीको समकक्षकैकुनैत्यस्ता सामर्थवान राजनेता भैदिएको भए हाम्रो देशलेपनि चाडै
छलांग लाउथ्यो कि ? दक्षिण भारतका थुप्रैभारतीयहरुआफ्नो देश फर्केजस्तैहामि पनि फर्किनेअबश्था
धेरैटाढा हुनेथिएन होला कि । मैलेसम्झेको ति दुइ नेताका अनुहार हुन्महामानव विश्वेश्वरप्रसाद कोइराला र
लोकप्रिय नेता मदन भण्डारी ।
मोदीको जस्तो प्रखर र आम मानिसको हिर्दय जित्न सक्नेसम्बोधन गर्नेमैले
सम्झेको मदन भण्डारी हुन् । त्यसरी नैमोदीलेआफ्नो सम्बोधनमा संघिय लोकतान्त्रिक गणतन्त्र को समर्थ
र माओवादीको मूल राजनैतिक प्रवाहमा सम्मिलित हुनुको उच्च मुल्यांकन गर्दैसराहना गरिरहदा मैलेबिपी
कोइराला लाई सम्झन पुगेको हो । बिपी लेपनि भारतमा निर्वासित रहदा नेपालमा राजनैतिक मेलमिलापको नीति
लिई नेपाल भुमि प्रबेश गरेको सम्झना दिलायो । ति दुइ नेता नैनेपालमा सर्बाधिक चर्चित र लोकप्रिय नेतामा
गनिन्छन । जस्लेआफ्नो पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय राजनीति गर्न सफल बने ।
आज हाम्रो देश लाई पनि यस्तैद्दढ, महत्वाकांछी र दुरदर्शी नेताको खाँचो छ । देशको अबश्थालेठुलो चुनौती
माग गरेतापनि देश, काल र परिश्थिति अनुरुप हाम्रो नेताहरुलाई राजनेता बन्न सक्नेसमयलेअबसर प्रदान
गरेकोछ । हाम्रा नेताहरुसफल बन्न सकुन । मेरो यहि कामना छ ।
अस्तु :