बाँके श्रावन २१,
बाँकेमा बुधबार विहान एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । १८ वर्षीकी एक युवतीलाई नेपालगञ्ज बसपार्कमा सामूहिक बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बसभित्रै युवतीलाई दुईजनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । युवती मङ्गलबार रुकुमबाट ना ४ ख ५१६७ नम्बरको बसमा मामाको घर बाँकेको शम्शेरगन्ज आएकी हुन् ।
शम्शेरगन्ज नेपालगन्जबाट करिब ३२ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । युवतीको मोवाइल र सामान लुकाएर योजनाबद्धरुपमा नेपालगन्जसम्म ल्याइपुर्याएको प्रहरीले जनाएको छ । बसबाट सबैजना यात्रु झरेपछि विहान साढे ३ बजेतिर दुईजना मिलेर युवतीलाई बसभित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न भएको अभियोगमा दाङ तुल्सीपुर ९ घर भई ना ४ ख ५१६७ नम्बरको बसका सह–चालक स्याने भन्ने सुमन बिबि र दैलेख नारयाण नगरपालिका ८ का ना ३ ख ८७१३ नम्बरको बस चालक चंखे भन्ने अजीव सुनारलाई दाङको तुलसिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । (नेपालब्रिटेन)