बेइजिङ श्रावन १८,
चीनको पश्चिम दक्षिण राज्यको हिमाली युनान प्रान्तमा आइतबार गएको शक्तिशाली भूकम्पमा परी एकसय ५० जना सर्वसाधारणको मृत्यु भएको छ।
बिहान चार बजे आएको भूकम्पमा परी एकहजार तीनसयभन्दा बढी घाइते भएका छन् भने एकसय ८० हजारइरहेका छन्। ६.५ रेक्टर स्केलको भूकम्पले ठूला भवन, स्कुल भवन तथा सडकहरू भत्काइदिएको छ। भूक्पमले झाओझोङ शहरमा सबैभन्दा धेरै क्षती गरेको छ। युनान प्राप्तमा आएको यो भूकम्प १८ वर्षयताकै सबैभन्दा शक्तिशाली हो। युनान भूकम्पका दृष्टिकोणले संधै जोखिमको क्षेत्र हो।
आइतबारको इपिसेन्टर जमिनदेखि १२ किलोमिटर तल रहेको चिनीया भूकम्प सञ्जाल केन्द्रले जनाएको छ। भूकम्पपछि सो क्षेत्रमा सञ्चार सम्बन्धी बिच्छेद भएको छ। बिजुली समेत काटिएको छ भने मोबाइल सम्पर्कमासमेत अवरोध भइरहेको छ। सरकारले पीडितको सहयोग र उद्धारका लागि तत्काल आवश्यक पर्ने सामग्री पठाइसकेको छ।
भवन ढल्दा सडकमा गुडिरहेका कार किच्चिएका तथा सर्वसाधारण घाइते भएका तस्वीरहरू सार्वजनिक भएका छन्। सन् १९७४ मा ७.१ रेक्टर स्केलको भूकम्प जाँदा १४ सयभन्दा बढीको मृत्यु भएको थियो। -सिन्ह्वा: