सत्य कथा, हाम्रो नलेखिएको साइनो I

धर्ती एउटै बा“च्ने हाम्रो माटो अलग भयो ।
जीन्दगीको पहाड चढ्ने बाटो अलग भयो ।।

चकेन्द्र 'कैदी’ राई : मंसिरको महिना थियो, कतै बाट शुभ समाचार आउने आशा सहित ब्याग्र प्रतीक्षामा थिए“ । त्यसैले मोबाइल साथैमा राखेको थिए“ । हुन त परदेशमा असार न मंसिर जहिले पनि असार पन्ध्र नै हुन्छ । तर पनि आÏनो देशको विशेषताले परदेशमा पनि छुदै रहेछ । 

आ–आÏनो जाति,धर्म र संस्कृतिलाई हरेक परदेशीहरुले मर्न दिदैनन् । त्यसैले उता मंसिर लाग्दा यता विवाहको कुरा चल्दो रहेछ । मेरो पनि विवाहकै फैसला हुने दिन थियो । हाम्रो प्रेम सम्वन्धलाई जीवन भरी नछुट्ने श्रीमान् श्रीमतीको पवित्र नातामा गा“सिने विश्वासका साथ प्रार्थना ग¥थ्यौं । यसो गर्र्नुृ पर्छ, उसो गर्नुृ पर्छ भनेर.... मध्ये रात सम्म मीठोमीठो कुराकानी गर्दै स्वर्णिम भविष्यको कल्पना पनि ग¥थ्यौं, अनि आफै“ आफै“ दङ्ग हुन्थ्यौ । 

दिलुले भन्थिईन् ।।। विवाह गरे पछि त कतै जानु पर्दैन है । नेपालमा नै केही गरेर बस्नु पर्छ ।’ छिट्टै मिलन हुनेछ भन्ने आशा राख्दै मिलनकोे मीठो पलको कल्पना गर्दै छुट्टिएको थियौं । त्यही समाचार उनले सुनाउने दिन थियो । त्यो एक दिनको समय मैले बिताएको सिङ्गो जीवन भन्दा पनि लामो लाग्यो, दिनै भरि मन भुटभुटी भयो । पाण्डवहरु गुप्तबास बसेको बेला द्रोपदीले दिएको समय कुर्नुलाई किच्चकलाई एक दिन एक जुनी लागेको थियो रे । मलाई पनि त्यस्तै भएको थियो । 

नभन्दै मेरो मो वाइलको घण्टी बज्न थाल्यो । उठाए“ र उत्साही हुदै सोधे– ।।।दिलु आरामै छौ ? बाबा घर आइ पुग्नु भयो त ? अनि हाम्रो बारेमा ओके भयो होईन त ?’ एकै स्वासमा सोधे । दिलुले भनिन्–।।।बाबा तपाई“को घरमा गएर सबै जना स“ग कुराकानी गरी आउनु भएछ । तर तपाई“ र मेरो त साइनो पर्दो रहेछ । हाम्रो विवाह नहुने भयो ।’ मलाई धेरै कुरा थाहा छैन ममी बोल्छु भन्दै हुनुहुन्छ । ममीलाई फोन गर्नु है भन्दै टकटकिइन् । यतिकैमा मैले फोन राखि दिए“ । परिवारको सबै सदस्य स“ग परिचय भएकोेले आमा बाबा दाजु र दिदीहरुलाई फोन गर्न कुनै समस्या नै थिएन । म त्यो घरको अघोषित ज्वाइ“ नै भैसकेको थिए“ । हतपत ममीलाई फोन गरें । फोन उठे पछि सदा जस्तै मैले ।।।नमस्ते ममी’ भन्दा उता बाट ।।।अब मलाई ममी नभन्नु है नानी मत फुपू पर्दो रहेछु ।’ भनेको सुने पछि म छा“गो बाट खसे । फुपूले सबिस्तार सुनाउनु भयो । ।।।मेरो बाजे र दिलुको मावली बोज्यै दाजु बहिनी रहेछन ।’ धेरै सम्झाउनु भयो । साइनो मिच्नु हुदैन । संसार डढेलो गएको छैन यस्तै यस्तै.........। 

म केही बोल्नै सकिन, मनलाई सम्हाल्दै सुनी मात्र रहे । एक छिनमा फोन उतै बाट काटियो । अनि सोच्न थाले–मान्छेले सोचे जस्तो कहिल्यै केही नहुदो रहेछ, मलाई पनि राम्रो विद्यालयमा र ाम्रो र धेरै पढ्ने चाहना थियो । मेरो पढाई पनि त्यत्ति नराम्रो थिएन । तर गरीबी नै अभिशाप बन्यो । मेरो सपनाहरुको हत्यारा गरीबी नै हो । फेरि परिवारको जेठो छोरा भए पछि सकेर नसकेर,जानेर नजानेर यावत् पारिवारिक समस्याहरुको समाधान गर्ने प्रमुख दाइत्व हुनेरहेछ । पेट भोको र शरीर नाङ्गो हुन थाले पछि चाहना,कल्पना र आर्दशहरुलाई तिलाञ्जलि दिएर विदेशीए“को थिए“ । घर जस्तो परदेश हुदैन रहेछ भन्ने कुुरा मैले विदेश आए पछि थाहा पाए“ । 

जसोतसो गुजारा गदै र् जादा याहु,फेसबुक,स्काइपहरु चलाउन सिक्दै गए“,झन चाख बड्दै गयो । यौवन चढ्दै गएकोे समय नै त्यस्तै हुदो रहेछ । चञ्चलता कौतूहलता त्यो उमेरको परिचय नै होला । तर म असल जीवनसाथी खोजी रहेको थिए“ । दिलु स“ग फेसबुक मार्फत भेट भएर चिनजान भएको थियो । उनको र मेरो वल्लो पल्लो गाउ“ रहेछ । ।।।फस्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ भने झै उनको बोलीहरुले मलाई मोहनी लगाएछ । निरन्तर सम्पर्क हुदै गयो,अन्त्यमा मायामा गा“सिन पुगेका थियौं । उनको स्वार कुनै गायिका भन्दा कम्ती छैन, त्यसैले पनि होला म धेरै आकर्षित भएछु । सल्लाको पात झै सर्लक्क परेको केश,कोइलीको जस्तै सुमधुर बोली, मृर्गको जस्तो आ“खाहरु अनि लालुपाते ओठ । रात दिन हेरे पनि थाक्थेनन् मेरो आ“खाहरु । 

यो दुनिया“मा उनी जतिको सुन्दरी मान्छे देखेकै थिइन“ । आहा मोनालिशाको जस्तो उनको रुप । ति अप्सरालाई प्रेमीका बनाउन पाउदा म संसारकै भाग्यमानी छोरा मान्छे हु“ जस्तै लाग्थ्यो । एक पटक उनलाई भनेको थिए“ –।।।मेरो किट्नी फेल भयो भनेर ।’ दुई पल्ट नसोची नै भनेकी थिइन्– ।।।तपाई“लाई म किट्नी दिन्छु ।’ जति दिन बा“चिन्छ स“गै बा“चौला म एक्लै बा“चेर के गर्नु तपाई बिनाको संसार शून्य र जीवन अधुरो रहन्छ । त्यही“ दिन देखि मै ले सा“च्चि नै यति धेरै माया गर्न थाले । म पागल नै भएको थिए“ । त्यसैले त उनी स“ग गरेको कुर ाकानी संब्कलन गर्थे । त्यो जम्मा जादा ८ जीवी पुरै भरीएछ । मिस कल र कल गरेर चित्ता नबुझे पछि त्यहि कुराकानीहरु सुन्थे र समय बिताउथे । त्यो मेरो मन भुलाउने गजबको सााथी बनेको थियो । 

पछि –प्रिय मेरो किट्नी फेल भएको होइन, त्यो त अग्निीपरीक्षा थियो भनेर सुनाउदा उनी निक्कै रिसाएकी थिइन् । मन थाम्न सकिन फेरि दिलुलाइ फोन गरे– तर सदाको जस्तो चाख लगाएर बोलिनन् । मैले भागे र विवाह गरौ भन्दा पनि मानिनन् । ।।।बरु म पनि बिर्सि दिन्छु तपाई पनि बिर्सि दिनु भनिन् । अब फोन कहिल्यै नगर्नु हाम्रो नलेखिएको साइनो रहेछ.......।’ दुबै जना रुदै बिदा भयौ ं । उनलाई हातहरुले नछोए पनि हामीले भावनाले एक अर्काको मुटु छामेका छौं । धेरै रातहरु भिमिक्कै ननिदाइ उज्यालो पनि पा¥यौं । हास्दा हा“स्दै रुन्थ्यौ,अनि रुदा रुदै हा“स्थ्यौ पनि । मायामा रोए पनि हा“से पनि आखिरी माया बड्दो नै रहेछ । म त्यही“ मायाको मदहोसिता बिलिन् भैसकेको थिए“ । म कति माया गर्छु थाहा छ तिमीलाई ?।।।मेरो अङ्गअङ्गहरुले तिमीलाई माया गर्छन् । हो दिलु मेरो शरिरलाई काटेर चोक्टा चोक्टा पारी Ïयाकी दिए पनि प्रत्येक चो क्टाहरुले तिमीलाई नै माया गर्नेछन् ।’ यति बेला मेरो हातहरु कामि रहेका छन् । शब्द शब्दहरुले मेरो मुटु घोचि रहेका छन् । अनि आशु बगि रहेका छन् । सात दिन सात रात मेहनत गरेर बल्ल यति सम्म लेख्न सकेको छु । मेरो योे अमर जीवनकाब्य नै हो । जहा“ मेरो जीवनको चित्कारहरु समेटिएका छन् । अनि तिम्रो र मेरो जीवनको वियोगान्त कथाहरु प्रस्फुटन भएका छन् । त्यसैले म यसलाई धेरै माया गरेर जीवनको अन्तिम पल सम्म राख्ने छु । 

महाकवि देवकोटालाई मुना–मदनको जति धेरै माया लाग्थ्योे, मलाई पनि त्यति नै माया लँग्छ । तिम्रो नजरमा प¥यो भने एक पल्ट हेर्नु है । फोन गरेर भनु भने पनि तिम्रो अनुमती छैन । ।।।नहुने मायाको धेरै माया’ भन्छन्,हाम्रो पनि त्यस्तै भयो । हामीले एकले अर्कालाई धेरै गर्दा गर्दै पनि आखिरी हाम्रो माया अधुरो नै र¥यो । सा“च्चो माया सधैं सफल नहुन पनि सक्ने रहेछ । तर हामी अलग हुनुमा न तिमो दोष छ, न त मेरो गलती नै । मैले भागेर विवाह गर ौं भन्दा पनि तिमी मानेनौ,ठीकै छ तिम्रो चाहाना विपरीत म कहिल्यै जाने छैन । म लडेको ढुंगा सरि, चुटिएको चंगा सरि भएको छु । मर्न भनेर धेरै पल्ट नसोचेको पनि होइन तर मर्न झनै गारो रहेछ । म पागल दुइ पल्ट भए“ एक पटक मायामा अर्को पल्ट बिछोडमा तर पनि जसो तसो बाचि रहेको छु । 

मेरो नाममा तिम्रो आशु कहिल्यै नझरोस । जसरी एउटै आकाशमा चन्द्र र सूर्य भएर पनि कहिल्यै भेट हुन सक्दैनन्, हामी पनि त्यस्तै भएका छौं । हामी दुनिया“को सबै भन्दा अभागाी मान्छे रहेछौं । कहिल्यै नभेटिने गरेर छुट्टिनु परेकोे त्यसैले मेरो हृदयाकाशमा बर्षात् लागेको छ । मेरो दुइ नयनहरु अविरल बग्ने मेची–महाकाली बनेर बगि रहने छन् । तर मेरो आशुको श्राप कहिल्यै नलागोस् दुःख लाग्छ,तिम्रो पढाइमा पनि मैले कति धेरै बाधा गरें,त्यसको लागी म क्षामा प्रार्थी छु । त्यसो त मैले पनि कमाएको जति पैसा तिमीलाई फोन गरेर नै सिद्ध्याए“ । यो कुरा तिमीलाई पनि राम्रै स“ग थाहा छ । त्यसको हिसाब गर्ने हो भने सानोे घर नै बन्ने थिएछ । ठिकै छ, युद्ध र प्र ेममा सबै जायज हुन्छ भन्छन् । त्यसरी नै सोचेर अघि बढ्नु पर्छ है । अनि तिमी चाहि“ राम्रो र धेरै पढ्नु है दिलु । मेरो पढ्ने चाहना तिमीले पढ्यौं भने पुरा हुनेछ । 

तिम्रो नजिकमा आएर माया गर्न नसके पनि मिठो स्वारहरुको श्रोता भएर सधैं तिम्रो साथ रहने छु । तिम्रो जस्तो सुन्दर रु प र दिल भएको मान्छेले म भन्दा पनि राम्रो र असल जीवन साथी पाउनेछौ । म पनि यहि प्रार्थना गर्नेछु । तिमी दिलदार छौ, दुनिया“ दिलदार कै हुन्छ । म यो जुनीमा तिम्रो हुन नसके पनि अको र् जन्ममा तिम्रो हुन सकु । अहिले देखी नै प्रार्थना गर्न थालेको छु । त्यति बेला कुनै नाताहरु ले नछेकोस् । यो जन्ममा चाहि“ म तिम्रै शब्द पैचो लिएर भन्न विवश भए“–यो हाम्रो नलेखिएको साइनो रहेछ ।

 तिम्रो अभागी प्रेमी मिलन राई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com