विश्व किर्तिमान, आज टुँडिखेलमा ३५ हजार नेपालीको मानव निर्मित झन्डा I

काठमाडौ: भाद्र ७,
काठमाडौंको टुंडीखेलमा शनिबार विहान गिनिज वर्ल्ड रेकर्ड राख्‍ने उद्दश्‍यले ३५ हजार नेपाली सहभागी भएको मानव निर्मित यस झन्डा बनाइएको छ। विविध पृष्ठभूमि, विविध जातजाति धर्म संस्कृतिबाट आएका ३५ हजार नेपालीहरुको उपस्थितिमा उक्त मानव निर्मित यस झन्डा बनाइएको हो।

मानव निर्मित यस झन्डा बनाउन पुल्चोक र काठमाडौं इन्जिनियरिङ कलेजका दुर्गेश प्रधानको १२ जना इन्जिनियरहरूको समूहले सामूहिक कार्यको देन रहेको छ। यो झण्डालाई बनाउन अटोक्याड प्रयोग गरेर इन्जिनियरहरूले एरिया म्यापिङ र ग्रिडिङ गरि बनाएको अन्‍नपूर्णसँग बताए।

उनले भने , 'यस्ता कार्यक्रमले नेपालको झन्डा विश्‍वभर प्रचार हुने र राष्ट्रकै नाम उच्च बनाउन मद्दत गर्नेछ। साथै यहाँका अलग जातजाति, धर्म, संस्कृति मान्‍ने मानिसमा अनेकतामा एकता छ भन्‍ने सन्देश कार्यक्रम आयोजकहरूको आशा छ।'

उनले थपे, 'अहिलेको यो समयमा नेपाली-नेपालीबीचमा सद्‌भाव, सहकार्यको वृद्धि गराउने पनि निश्‍चित छ। शान्ति र समृद्धिको विकास गर्छ र समाजका लागि मानवीय मूल्य र राष्ट्रियता मजबुत पार्न, विविधताको सम्मान गर्न र एकताको प्रयास दिन, एकताको भाव बढाउन पक्‍कै मद्दत गर्नेछ।'

उनका अनुसार कार्यक्रमस्थलमा धेरैवटा बफर जोन बनाइएको छ, प्रत्येक बफर जोनमा दुई सय मानिसहरु सहभागी भएका थिए। सहभागीहरूले सेतो, नीलो र रातो रङको टेम्प्लेट लिएर उभिएका थिए। राष्ट्रिय गानसँगै प्रदर्शनीको एरियल भ्युबाट यसको अवलोकन गरिएको थियो।

मानव निर्मित झन्डाको कार्यक्रम बिहान ६ बजे सुरु भएर ९:३० बजेसम्‍म प्रदर्शन गरेर समापन गरिएको थियो। यसअघि बंगलादेश, रसिया र पाकिस्तानले यसभन्दा पहिला यस्तै कीर्तिमान राखिसकेको छ। तर पाकिस्तानमा २८ हजार नौ सय ५७ जनाको सहभागितामा राष्ट्रिय झन्डाको कीर्तिमान बनेको थियो।
_ नितु घले-अन्नपूर्ण पोस्ट बाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com