गजल : By, मानन्धर अभागी


गजल : By,  मानन्धर अभागी

प्रकृतिले विनाश निम्त्यायो कस्तो भयो यो साल
मान्छे पुरेर पहाड भो लाश थुप्रेर कँकाल

के अभिशाप लागेछ पुरै वस्ती शोकाकुल
सरकारले शरीर ढाक्न पठाएन यौटा त्रिपाल

घरवार विहीनलाई किन राहत दिइएन
राज्यले वास्ता नगर्दा जनताको यो सवाल

यस्तो आपत् विपतमा काम नलाग्ने सरकार
भ्रष्टहरू लाई चाहीँ किन आउँदैन काल

देश हाँक्न तम्तयार त्यो बुढेसकालमा खै
उपचार गर्दा गर्दै वित्ने भयो हाल ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com