गजल :
दुई राष्ट्रको वीचमा सहकार्य सदभाव छ
कोशेढुङ्गा बनाउन विचारको अभाव छ
केही लिन्छौ केही दिन्छौ हाम्रो त्यो सहमतिमा
चियोचर्चा गर्ने बढी मौसम जो खराव छ
बुद्घको देशमा , हिमाल र गंगाको सम्बन्ध छ
विगार्ने र भत्काउने यहाँ यस्तै स्वभाव छ
सवैको त्यो मनमा मनको बाघले खाएछ वास्तवमा
त्यो हैन रै छ पापी मनमा तनाव छ
असूर क्रुर त्यागी ऋषी मन लिएर हिंड्नु
शस्त्र छाडेर शास्त्र अब तिम्रो जवाफ छ
सभासदहरूलाई यस्तो पाठ सिकायो लाजले
पसिना छुट्यो जस्को शिर झुकाव छ ।
- मानन्धर अभागी