चितवन साउन १९ ,
सन्दिप भट्ट
:
आज साउन महिनाको तेस्रो सोमबार, चितवन र तनहुको संंगम स्थल देवघाटधाममा बोल बम भर्न जानेहरुको भिड बढेको छ । यसअघिको पहिलो र दोस्रँे सोमवारको तुलनामा यो सोमवार देवघाटमा स्नान जर्न आउने भत्तजनको संख्यामा बृद्धि भएको देवघाट क्षेत्रविकाश समितिले जानकारी दिएको छ । हजारौको सङख्यामा दर्शानार्थीहरु देवघाटमा बोलबम मेला भर्न पुगेका छन् ।
मेलालाई देवघाट Ôेत्र स्नान विकास समितिले व्यवस्थित गरेको छ । देवघाट Ôेत्र विकास समितिले भक्तजनलाई स्नान दर्शन गर्न सजिलो होस् भनेर बेनीघाटमा स्नान गर्न सम्भावित हुने दुर्घटनालाई मध्यनजर गरी विशेÈ सुरÔा व्यवस्था समेत मिलाइएको देवघाट Ôेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिए । अघिल्लो सोमवारको तुलनामा पानीको वहाव वढेको भन्दै भत्तजनलाई संयमित वनाईएको, पटकपटक माईकिङ गरी भत्तजनलाई संयमित रहन आग्रह गरेको छ ।
अहिलो सोमवारको तुलनामा पानीका वहाव वढेको छ,–उनले भने ‘पानीको वहाव हेरी उच्च सर्तकता स्वरुप डोरीलाई सिमाङकन गरी कार्य गरीएको छ’ । संम्भावित दुर्घटनालाई हेरी प्रहरी सर्तकता, तथा डुङगामा वोटेलाई तैनाथ गरीएको उनले वताए । साउने मेलाको नामले चचिर्त मेला साउन महिनाभर चल्ने गर्छ । साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायण्ँीको संगमस्थल वेनीघाटमा स्नान गरी त्यहा“को जल लगेर भगवान महादेवलाई चढाए चारधामको पूण्य प्राप्त हुने तथा समृद प्राप्त हुने धामिर्क विश्वास छ ।
देवघाटमा बोलबम मेला भर्न भारत सहित देशका बिभिन्न जिल्ला बाट भक्तजनहरु आइरहेका छन । यस्तै, चितवनका स्थानिय शिवालयहरुमा पनि भक्तजनहरुको भिड लागेको छ । साउन महिनामा पर्ने हरेक सोमबार व्रत बसे मनले चिताएको पुरा हुने जनविश्वास रहिआएको छ । श्रावण्ँ महिनामा व्रत बसेर हरियो रङका वस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांÔा पूरा हुने विश्वास गरिन्छ ।
साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानै देखि घुइचो लागेको छ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जन विश्वास छ । यस पटकको साउन महिनामा चारवटा सोमवार परेको छ । हरियो रङगका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकाÔा पूरा हुने विश्वास गरिन्छ ।