चेपाब वालवालिकालाई दर खुवाईयो

रत्ननगर ०८ भदौं,

हरितालिका तिजको अवसरमा रत्ननगर–१० मंगलपुरका महिलाहरुले चेपाब वालवालिकालाई आईतवार दर खुवाएका छन । स्थानीय जलदेवी टोल विकास समुहमा आवद्ध महिलाहरु ले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई दर खुआएका हुन । 

यसै बर्ष वाट मंगलपुर मा सरेको केन्द्रमा रहेका चेपाब वालवालिकालाई दर खुवाएर महिलाहरुले उनीहरु संगै तिज मनाएको के न्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए । गाउँका अधिकाँस महिलाहरु संरक्षण केन्द्रमै भेला भई लालवालिका संगै दर खानुका साथै तिजको गीत गाएर र माईलो समेत गरेका थिए । 

स्वास्थ्यकर्मी भोजराज खनाल प्रमुख अतिथि रहेकोे सो कार्यक्रममा पञ्चतेज ज्योति र ाप्रविका प्रधानाध्यापक रामबहादुर मगर,जलदेवी टोल विकास समुहकी अध्यक्ष जुनसरी गुरुब,सदस्यहरु जुनु गुरु ब,मिना राना,रेखा राना,सकुमाया थापा मगर र पत्रकार रवि रोसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मंगलपुरकी अगुवा समाजेवी रनमाया थापामगरको अध्यक्षतामा भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com