Power News
»
पावर न्युज : 1st, August 2014 , घुस लिँदालिँदै पाँच कर्मचारी अख्तियारको फन्दा मा
पावर न्युज : 1st, August 2014 , घुस लिँदालिँदै पाँच कर्मचारी अख्तियारको फन्दा मा

उसले नेपाल प्रहरीका डिआइजी गोपाल भण्डारीलाई निलम्बनमा राख्न निर्देशन दियो र कारण भन्यो ः डीआइजी भण्डारीले सेवाग्राहीबाट ९ लाख भारतीय रुपियाँ, २ लाख ५० हजार बरावरको रिचार्ज कार्ड, पाँच ओटा आइफोन, सात ओटा ल्यापटप घुस लिएको उजुरी छ र त्यसका आधारमा छानविन गर्दा प्रारम्भिक पुष्टी भएकाले निलम्बन गर्नू । त्यस्तै बिहीबार अख्तियारको उपस्थिती बीर अस्पतालमा पनि देखियो ।
त्यहा जारी आन्दोलनबारे अध्ययन गर्न टोली पुगेको थियो । अनि बिहीबार नै फरकफरक घटनामा सरकारका पाँच कर्मचारीलाई घुस लिएकामा र लिदालिदै अख्तियारले पक्राउ गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण सम्भार डिभिजन कार्यालयमा कार्यरत लेखाका उपसचिव सुरेशकृष्ण शर्मा उनलाई ४० हजार रुपिया घुस लिएकामा, त्यस्तै भवन निर्माणसम्भार डिभिजन कार्यालयका शाखा अधिकृत रोशनकुमार कठायत, उनलाई घुस लिइएको १० हजार रुपियासहित अख्तियारले पक्राउ गर्यो ।
अन्य थप शीर्षकहरु : Power News
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com