काठमान्डू श्रवन १३,
धादिङको सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।
उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ । ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे ।
घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’– पीडित महिलाले रुँदै बताउनुभयो । राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् । नेपालब्रिटेन :