कृष्णप्रकाश श्रेष्ठ :
रुसको चार प्रसिद्ध धर्मस्थलमध्येको एक मानिने त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीले लाभ्रा (
विशाल मोनेष्ट्री) को मान्यता प्राप्त गरेको यसै वर्ष ६७० वर्ष पूरा भएको छ ।
मास्को अञ्चलको
उत्तरी भागमा कोन्चुरा भनिने नदीको तटमा सेर्गिएभ पोसाद भनिने रुसको एक प्राचीन नगर
अवस्थित छ । यसै नगरको बीचमा कोन्चुरा र भोन्द्युगा भनिने दुई साना नदीहरुको संगमस्थलमा
रहेको प्रचीन कालमा माकोभित्सा भनिने थुम्कोमा त्रोइत्सा सेर्गेएभ लाभ्रा भनिने विशाल र भव्य
मोनेष्ट्री रहेको छ ।
कुनै समयमा सल्लाघारी रहेको त्यस ठाउँमा सेर्गेइ रादोनेत्स्कीले सन् १
३३७ मा कुटी र चर्च बनाएर एकान्तवास बस्न थालेका थिए । मोनेष्ट्रीको वरिपरि देखापर्न थालेका
गाउँ र बस्तीहरुलाई गाभेर सन् १७८२ मा सेर्गेएभ पोसाद भन्ने नगर अस्तित्वमा आएको थियो ।
मास्को कम्युनिष्ट पार्टीको बैठकमा सोभियत सत्ताका विरोधीहरुद्वारा गरिएको बमविष्फोटमा पर
ी दिवंगत भएका बोल्शेभिक पार्टीको मास्को समितिका सचिव भ.म.जागोस्र्कीको नामबाट यस नगर
लाई सन् १९३० मा जागोस्र्की भन्ने नाम दिइएको थियो र हाल फेरि पुरानै नाम पुनःस्थापित
गरिएको छ ।
रुसकी सम्राज्ञी एलिजाबेथ पेत्रोभ्नाले त्यहाँ रहेको त्रोइत्सा मोनेष्ट्रीलाई लाभ्र
ा (विशाल मोनेष्ट्री) को मान्यता प्रदान गरेकी थिइन् ।
अहिले युनेस्कोको विश्वसम्पदा सूचीको
६५७ नम्बरमा दर्ता गरिएको यस मोनेष्ट्रीले सन् १७४४ मा लाभ्राको स्तर प्राप्त गरेको
थियो । रुसको इतिहासका प्सिद्ध घटनाहरुसित यस मोनेष्ट्रीको प्रत्यक्ष सहभागिता रहेको थियो
। तातार आधिपत्यविरुद्ध मास्कोका राजा दिमित्रीको सैन्यलाई सन् १३३० मा यस मोनेष्ट्र
ीका संस्थापक सन्त सेर्गेइ रादोनेज्स्कीबाट विजयप्रात्पिको आशिर्वाद प्रदान गरिनु नै सबभन्दा
महत्वपूर्ण परिघटना थियो । रुसमा समाजवादी क्रान्तिपश्चात् सन् १९२० को २० अप्रिलका दिन
जन कमिसार परिषद्को आदेशले यस मोनेष्ट्रीलाई ऐतिहासिक कला संग्रहालयमा परिणत गरिएको
थियो । दोस्रो विश्वयुद्धमा बन्द रहेको यो मोनेष्ट्रीले सोभियत जनताको विजयपश्चात् सन् १९४६
को वसन्तदेखि धार्मिक स्थलका साथै संग्रहालयको रुपमा काम गर्न थालेको थियो ।
काष्ठकारिता र काठका खेलौनाहरुका साथै सुन र चाँदीको तारले बुट्टा भरेर बनाइने तास र किनखापका लागि प्रसिद्ध छ सेर्गेएभ पोसाद नगरमा हाल रुसको एक मात्र खेलौना संग्रहालय समेत रहेको छ । एको त्रोइत्सा सेर्गेएभ लाभ्रा (विशाल मोनेष्ट्री) को झण्डै सात शताब्दी लामो इतिहासबारे संक्षेपमा परिचित गराउनु आवश्यक ठान्दछु । यस मोनेष्ट्रीको शिलान्यास सन् १३३७ मा माकोभे त्स्क भनिने थुम्कोमा सेर्गेइ रादोनेज्स्कीले आप्mना दाजु स्तेफानसँग मिलेर गरेका थिए । त्यतिखेर स्तेफान त्यस ठाउँबाट १० भेस्र्ता टाढा रहेको खोत्कोभको पोक्रोभ्स्की मोने ष्ट्रीमा इनोत (भिक्षु) बनिसकेका थिए भने भावी सन्त सेर्गेइले अभैm भिक्षुत्व ग्रहण गरिसकेका सर्वप्रथम नेपाली पाठकवृन्दलाई विश्व सम्पदा सूचीमा नं ६५७ मा पंजीकृत गरि थिएनन् र उनको सांसारिक नाम भार्फोलोमेइ थियो ।
दुवै दाजुभाइले मिलेर त्यहाँ काठका मुढाहरुबाट सन्त त्रोइत्सा (त्रिनिटी) चर्चको निर्माण गरेका थिए । त्यसको प्राणप्रतिष्ठा सन् १३४० मा गरियो । त्यहाँको कठोर जीवनयापनको अवस्था सहन नसकी दाजु स्तेफान मास्कोतिर गएपछि भार्फोलोमेइ एकलो पर्न गए, तर केही समयपछि सांसारिक जीवनबाट विरक्तिएर ईश्वर भक्तिमा लाग्न इच्छुक केही मानिसहरु पनि त्यहाँ कुटी बनाएर बस्न आए । सन् १३५५ देखि त्यहाँ चर्चको वरिपरि भिक्षुहरुको आवास क्षेत्र, सामाजिक स्थल र सुरक्षाको व्यवस्थासहित मोनेष्ट्रीको नियम लागू गरियो । काठको नया त्रोयत्सा चर्च र भोजनकक्षको चारैतिर भिक्षुहरुका कुटी बनाइएका थिए । कु६किो पछिल्तिर करेसो बारी, कार्यशाला आदि रहेका थिए भने मोनेष्ट्रीको वरिपरि काठका खम्बाहरु गाडेर बार लगाइएको थियो भने प्रवेशद्वारमाथि काठकै अर्को एउटा चर्च पनि बनाइएको थियो । त्यतिखेर बनेको मोनेष्ट्रीको मोटामोटी रुप वर्तमान समयसम्म नै कायमै र हेको छ भन्न सकिन्छ ।
भार्फोलोमेइलाई सेर्गेइ भन्ने आध्यात्मिक नाम दिएर मुण्डन गर
ी भिक्षुत्व प्रदान गर्ने धर्मगुरु मित्रोफान नै यस मोनेष्ट्रका इगुमेन बनाइएका थिए । उनको
देहान्तपछि सन्त सेर्गेइ नै इगुमेन नियुक्त गरिएका थिए । सन् १४२२ मा इगुमेन निकोनले
युद्धबाट त्राण पाउन यस मोनेष्ट्रीमा शरण लिएर बस्न आएका कोसोभो (सेर्बिया) का भिक्षुहरुको
सहायताले यहाँ काठको चर्चको स्थानमा ढुंगाबाट त्रोइत्स्की चर्चको निर्माण गरेका थिए ।
निर्माणको क्रममा फेला परेको सेर्गेइ रादोनेज्स्कीको चिहानको अवशेष
चर्चभित्र सम्मानित स्थानमा राखिएको थियो ।
मास्कोका राजाहरु त्रोइत्स्की मोनेष्ट्रीमा युवराजको दीक्षासमारोह (जस्तै सन् १५३० मा
इभान चतुर्थ वा ग्रोज्नीको दीक्षा) वा अन्य पारिवरिक उत्सवहरु सम्पन्न गर्दथे । यहीं नै
उनीहरु संग्रामस्थलमा जानुभन्दा पहिले प्रार्थनापूजा गर्दथे, र विजयप्राप्तिपश्चात् पनि यहाँ
पूजापाठ गर्दथे ।
उदाहरणार्थ, सन् १५१० मा पश्कोभ संग्रामम विजयपश्चात् राजा भासिली तृतीयले
जस्तै जार इभान ग्रोज्नीले पनि सन् १५५२ मा काजानमा कब्जा गरिएपछि यहाँ पूजाप्र
ार्थना सम्पन्न गरेका थिए । यहीं नै तत्कालीन मास्कोका राजाहरु क्रस चुमेर सन्धिसम्झौ
ताहरुको पुष्टि गर्दथे ।
यहाँ पन्द्रौ शताब्दीको मध्यसम्म ढुंगाबाट निर्मित एक मात्र स्मारक त्रोइत्सा चर्च थियो भने
सन् १४६९ मा दुईतले त्रापेज्नाया (भोजशाला) निर्माण गरियो । क्रमशः अन्य चर्च, स्मारक,
घन्टघर आदि पनि निर्माण गरिए । मास्कोका राजाहरुले यस मोनेष्ट्रीलाई प्रशस्त दान पनि दिने
गरेका थिए । उदाहरणका लागि भनौं, जार इभान ग्रोज्नीले मोनेष्ट्रीको विकासका लागि २५
हजार रुबल लगानी गरेका थिए भनिन्छ ।
मोनेष्ट्रीको वरिपरि दश वर्ष (सन् १५४० देखि १५५०
सम्म) लगाएर झण्डै चारकुने आकारमा डेढ किलोमिटर जति लामोे पर्खाल निर्माण गरियो र
पर्खालबाहिर तीनतिर पानीपोखरीहरुका साथै दक्षिणतिर ठूलो पोखरी पनि बनाइयो । यसरी यो मो
नेष्ट्री एक जब्बर किल्लाको रुपमा देखापर्यो । सोह्रौं शताब्दीको अन्त्यसम्ममा त्रोइत्सा
मोनेष्ट्री रुसको एक विशाल तीर्थस्थल बनिसकेको थियो । यसको स्वामित्वमा २७८० गाउँ र बस्तीहरु
थिए र अन्य देशहरुसंग व्यापार गर्नको निम्ति व्याणिज्य जहाजहरु समेत मोनेष्ट्रीको मातहतमा र
हेका थिए ।
मास्कोका राजाहरुको संरक्षण पाएर त्रोइत्सा मोनेष्ट्री बिस्तारै धार्मिक केन्द्रको रु
पमा देखापर्न थाल्यो । यसै मोनेष्ट्रीमा सन्त सेर्गेइ रादोनेज्स्कीले सन् १३८० मा मास्कोका र
ाजा दिमित्रीलाई तातार आधिपत्यविरुद्ध युद्धमा विजयप्राप्तिका लागि आशिर्वाद दिएका थिए ।
तातार से
नापति मामाईको सैन्यको विरुद्ध कुलिकोभो रणक्षेत्रमा भएको भीषण संग्राममा त्रोइत्स मो
नेस्ट्रीबाट राजा दिमित्रीको साथमा पठाइएका पेरेस्वेत तथा ओस्ल्याब्या नामका भिक्षुद्वयले पनि
अतुलनीय वीरताको प्रदर्शन गरेका थिए । आप्mनो देहान्तको ६ महिनाअघि नै सन्त सेर्गेइले
मोनेष्ट्रीको नेतृत्व आप्mना प्रिय शिष्य निकोनलाई सुम्पिदिएका थिए । सन् १३९२ मा सन्त से
र्गेइको देहावसान भयो । उनको शव मोनेष्ट्री परिसरमा दफनाइयो ।
तातारहरुका खाँ एदिगेईले सन् १४०८ मा त्रोइत्सा मोनेष्ट्री लुटेर ध्वस्त पारिदियो ।
तत्पश्चात् २ शताब्दीसम्म मोनेष्ट्रीमा कुनै उल्लेखयोग्य घटना घटेन भन्न सकिन्छ । बिस्तारै
यो मोनेष्ट्री रुसको एक प्रसिद्ध तीर्थस्थल र सांस्कृतिक केन्द्र बन्यो । यहाँका भिक्षुहरु देवप्रतिमा
बनाउँथे, वर्षावली लेख्तथे ।
चौद्धौं शताब्दीमा यहाँ नै प्राचीन रुसी साहित्यको एक अनुपम
कृति मानिने महामना सेर्गेइ रादोनेज्स्कीको जीवनचरित्र पनि लेखियो ।
एक सम्पन्न मोनेष्ट्री मानिने यस धार्मिक स्थलमा चौद्धौं शताब्दीदेखिका प्र
ाचीन रुसी स्थापत्यकला, मूर्तिकला, शिल्पकला र चित्रकलाका हजारौं वस्तुहरु र धार्मिक ग्रन्थहरु सुर
क्षित रहेका छन् । सन् १९६९ को जनवरीमा सोभियत सरकारको निर्णयअनुसार यस नगरलाई मास्कोवरिपरि
का स्वर्णचक्र भनिने प्राचीन नगरहरुको समूहमा सम्मिलित गरेर पर्यटन केन्द्रको रुपमा घोषित गरि
एको थियो ।
मेरा बुवा (रामबहादुर श्रेष्ठ) ले सन् १९७८ मा सोभियत संघको यात्राकालमा त्यतिखेर जागोस्र्क
भनिने शहरमा रहेको यस तीर्थस्थलको पनि यात्रा गर्नुभएको थियो । ‘सोभियत भूमि’ पत्रिका (नोभे
म्बर १९७८, अंक २२) मा प्रकाशित उहाँको यात्रानुभवबाट एक टुक्रा तल उद्धृत गर्न चाहन्छु
ः
शुरु भैराखेको थियो ।
हामी पनि त्यस प्रार्थना भवनभित्र पस्यौं । ढोकाभित्र हजारौं मानिस
अटाउने हल अर्थात् अग्लो बैठक छ । बैठकको माथि चाँदीका झाडहरु ठाउँ ठाउँमा टाँगी
त्यसमा बिजुली बत्तीहरु बालिएका छन् । त्यस भव्य बैठकमा दायाँ बायाँ ठूला ठूला कहीं
चाँदीका, कहीं ढलौटका पानसहरु लाइन लगाई झलमल्ल बालिएका थिए । बैठकको आखिरमा
मूल देवताको अगाडि दायाँ बायाँ ठूला ठूला सुनका मन्दिरहरु छन् । भक्तजनहरुले ती दायाँ
बायाँ मन्दिरमा राखिएका देवताहरुलाई मात्र ढोग दिन पाउँदा रहेछन् । त्यसभित्र सानो बरण्डा
छ । त्यहाँ पुजारीहरुले पाठ गरिराखेको थियो । बीच बीचमा पुजारीहरु लय हाली स्तुति गर्दथे ।
बैठकमा उभिएका भक्तभक्तिनीहरु बरम्बार शिर भुईँमा छुवाई पुजारीका भाकामा लय
मिलाई स्तुतिपाठ गरेको दृश्य रमणीय थियो । प्रार्थना भवनबाट मूल देवता राखेको भित्ता र ढोका
छर्लंग देखिन्छ । त्यहाँ चाँदी र सुनले सजिएका अनेक कलाकृतिका बुट्टाहरु देखिन्छन् ।
‘हामी जागोस्र्क पुग्दा मानिसहरुको भीड लागिरहेको थियो । मन्दिरमा प्रार्थना
त्यहाँ प्रसिद्ध रुसी चित्रकारहरुका अनुपम देवप्रतिमाहरु राखिएका रहेछन्... जागोस्र्कको
किल्लाभित्र चोकको बीचमा सुनको गजूर भएको एउटा मन्दिर छ । त्यसभित्र पानी उम्रेको छ ।
त्यो पानी पवित्र जल मानिन्छ ।
भक्तभक्तिनीहरु लाइन लगाई त्यो पानी पिउन जान्छन् र
सिसीमा भरी घरमा पनि लैजान्छन्... जागोस्र्कको त्यस किल्लाभित्र नै रुसभरिका हरेक मन्दिरका
पुजारीहरुलाई पढाउने एकेडेमी (विद्यालय) छ र धार्मिक किताब तथा पत्रिकाहरुको प्रकाशन पनि
त्यहींबाट हुन्छ रे । त्यहाँका मूल पुजारी नै रुसका सबैभन्दा ठूला पुजारी (पादरी)
हुन्छन् रे...’ (खर्दार बा (स्व. रामबहादुर श्रेष्ठ स्मृतिग्रन्थ), सं. तेजप्रकाश श्रेष्ठ, प्रकाशक ः
श्रेष्ठ परिवार, काठमाडौं, वि.सं. २०६५, पृ. ६४ ः ६५) ।
रुसी अर्थाडक्स चर्चका पेट्रिआर्कको केन्द्रीय निवासस्थान अहिले त्यहाबाट सोभियत
कालमा स्याहारसम्भार नपाएर टुहुरो बनेको मास्कोको केन्द्रमै रहेको दानिलोभ्स्की मोनेष्ट्र
ीको कायाकल्प गरेर मास्केमा सरेको छ भने सोभियत संघमा जागोस्र्क नामले प्रसिद्ध नगरको नाम
पनि पुरानै स्थापित गरिएको छ र अहिले त्यो शहर पूर्ववत् सन्त सेर्गेइको नामबाट सेर्गेएभ पोसाद
भनिन्छ । यसै नगरमा अवस्थित विश्वप्रसिद्ध त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीलाई आप्mना कलाकृतिहरु
ले सिंगार्नमा रुसका विख्यात चित्रकारहरुले भाग लिएका थिए ।
रुसका प्रसिद्ध चित्रकार आन्द्रेइ रुब्ल्यो
भको कुचीबाट निर्मित चित्रहरुमध्ये प्रसिद्ध देवप्रतिमा त्रोइत्सा पनि यस चर्चको चित्रपटमा रहेको छ ।
मलाई मन पर्ने चित्रकलाका निकै कलात्मक कृतिहरुमध्ये यो देवप्रतिमा पनि एक हो । रुसी कला र
संस्र्कतिको भव्य स्मारकस्वरुप रहेको यो मोनेष्ट्री रुसको एक महत्वपूर्ण दर्शनीय स्थल हो ।
आप्mनो मास्को बसाइको समयावधिमा म नेपालबाट आउने पाहुनाहरुलाई लिएर कैयौ
ंपल्ट त्रोइत्सा मोनेष्ट्री पुगिसकेको छु । एकपल्ट सोभियत संघमा धर्मकर्म गर्न पाइँदै
न भन्ने प्रचार सुनेर रेडियो मास्कोको निमन्त्रणामा मास्को आइपुगेका साहित्यकारद्वय दौ
लतबिक्रम बिष्ट तथा लक्ष्मण लोहनीलाई त्यो मोनेष्ट्री देखाएको थिएँ ।
पछिल्लो समयमा
विदेशी पर्यटकहरुलाई टिकट किनेर मात्र भित्र पस्न दिइने नियम बाँधेर ढोकैमा मलाई
त्यहाँका भिक्षुहरुले रोक्ता ‘देवस्थलमा पस्न समेत पैंसा तिर्नुपर्ने‘ भनेर म विवाद गर्न तम्सिएको दे
खेर मेरी श्रीमतीले ‘मेरा श्रीमान् हुन्’ भनी भित्र लिएर जानुपरेको अनुभव पनि भयो...
सोभियत कालको तुलनामा अहिलेको नयाँ प्रजातान्त्रिक रुसमा अर्थाडक्स चर्चले व्यापक प्रचार
प्रचारको अवसर पाएको छ र रुसमा धर्ममा आस्था राख्ने मानिसहरुको संख्या पनि अभूतपूर्व रुपमा बढे
को छ ।
जताततै पहिले भग्नावशेषमा परिणत भएका चर्च र मोनेष्ट्रीहरुको पुनर्निमाण मात्र भएको
नभई नयाँ नयाँ चर्चहरु पनि बन्दैछन् । कुनै जमानामा सुनौला गजूरहरुको शहर भनी प्रसिद्ध
मास्कोमा मात्रै हाल २०० नयाँ चर्चहरु योजनाबद्ध ढंगले बनिरहेका छन् । तर मास्कोबाट ८० जति
किलोमिटर टाढा रहेको त्रोइत्सा सेर्गेएभ मोनेष्ट्री रुसको प्रसिद्ध तीर्थस्थल रहिआएको थियो र र
हिरहने छ ।
दिनांक ः ११ जुलाई २०१४ (शुक्रवार),
मास्को, रुस महासंघ ।