७१ बर्षीय वृद्धा बलात्कार गर्नेलाई कारबाहीको माग I

काठमाडौँ आषाढ २४,

राष्ट्रिय महिला आयोगले रुपन्देहीको दीपनगर आनसपासमा बस्ने ७१ वर्षीय वृद्धालाई यही असार २२ गते भएको बलात्कारमा संलग्न अपराधीको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता मनु हुमागार्इंले हस्ताक्षर गरी आज जारी गरिएको विज्ञप्तिमा यस प्रकारको जघन्य, क्रूर र अमानवीय तथा पशुवत अपराधको आयोगले घोर भत्र्सना गर्ने उल्लेख छ । पीडित वृद्धा महिलालाई निःशुल्क उपचारको व्यवस्था गरी दोषिउपर हदैसम्मको कारबाहीको माग गरिएको छ ।

पाल्पा रामपुर–४ का ३३ वर्षीय कुलबहादुर परियारले वृद्धालाई बलात्कार गरेको र उनको अहिले लुम्बिनी अञ्चाल अस्पताल बुटवलमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । - रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com