लक्ष्मी ज्ञवाली : हिन्दू नारीहरुको माहान पर्व भनेर चिनीने एक मात्र पर्व तीज हो । बिश्वास र एतिहासिक मान्यताका आधारमा यो पर्वलाई नारीहरुले आफ्नो जीवन सँग सम्बन्धित महत्वपुर्ण चाड मानेका छन । समयको परिवर्तन सँगइ समाज परिवर्तन हुने हो ।
परिवर्तन ले हरेक पक्षलाई छुन्छ नै । आधुनिकता तिर लम्किरहेको हाम्रो समाजमा यो पर्वलाई पनि आधुनिकताले स्पर्श गर्दैछ । हिजोका दिनमा मनाउने तीज र आज मनाउने तीजमा परिवर्तन को ब्यापक आभास पाउन सकिन्छ । हिजोका दिनमा तीजलाई पिडा र बेदना पोख्ने चौतारी जस्तै मानिथ्यो भने आजको तीजले खुशी र मनोरन्जन साटासाट गर्ने माध्यम जस्तै बन्न पुगेको छ । जुन राम्रो पक्ष पनि हो ।
पछिल्लो समयमा बजारमा देखिने तीज गीतहरुले तीजको मैलिकता लाई छायामा पार्न थालेका छन । सस्कृतीहरुको मैलिकता लाई जोगाइनु को सट्टा तीजको नाम पारी निकालिएका कैयौ गीतहरुमा तीज र ति गीतहरु को कुनै अन्तर सन्बन्ध नै देखिदैन । श्रोता को कान सम्म पनि आउन नसक्ने हैसियताका गीत, सपरीवार सँगइ बस्दा सुन्न नै लाज लाग्ने शब्द र नृत्य ले तीजको महत्वलाई लात हानेको प्रस्टै पाउन सकिन्छ । हिमालयकी पुत्री पार्वतिले शिवजी वर पाउ भन्दै बर्त बसेको र उनको बर्त सफल भएको उदाहरण दिने गरिन्छ तीजको बर्तको फल को लागी तर पार्वती ले गीत गाउदै महिनौ अघी देखी नाच गान गरेको भने कतै लेखेको भेटिदैन । हाम्रो पालामा आइपुग्दा गीत गाउने नाच्ने प्रचलन पनि तीज सङ सँगइ आयो तर भगवान शिवजीको आराधाना गरिएका भजनहरु , महिलाको जीवन भोगाइका पिडाहरुको बिषयमा गाइएका गीतहरु प्रचलनमा थिए, जुन गीत सुन्दा मनै छुने गर्थ्यो । गीतहरु सभ्य, शिस्ट र समाजमा सुहाउदो खालका थिए , तीज सँग जोडिएका थिए सबैले हार्दिकताका साथ गीतहरु सुन्ने र रमाउने गर्थे ।
अहिले बजारमा तीजलाई माध्यम बनाइ मनपरी गीतहरु ल्याउन थालिएको छ । जुन गीत सुन्दा हासो मात्र होईन लाज पनि उत्तिकै लाग्ने गर्छ । कतिपय गीतमा तीजको आभास नै पाउन सकिदैन । कलाकार मित्रहरु तपाइ हरु पनि सस्तो लोकप्रियता भन्दा टिकाउपुर्ण हुने खालको गीतलाई प्रथमिकता दिनु होस । लेख्नेले लेखे मैले गाइदिए भन्ने जस्ता तर्क हरु नराख्नुहोस । शब्दहरुको समायोजन गर्दा गीतकार ज्यु हरुले पनि ध्यान दिन जरुरी नै छ ।तीज भनेको के हो ? यसको महत्व र महिमा लाई कती हद सम्म स्थान दिदै गीत सृजना गर्ने भन्ने कुरामा पनि ध्यान जान जरुरी छ । मन परी चलाईएका कलममा लय दिदैमा र बाजाहरुको समिश्रण गराउदैमा मौलिक संस्कृती माथी कतै अन्याय हुन्छ हुँदैन भन्ने कुराको अध्ययन नै नगरी छरपस्ट बजारमा ल्याइएका उत्ताउला गीतहरु लाई तीजको पवित्रता सँग जोडिनु हुँदैन ।
सस्कृती लाई जोगाइ राख्नु पर्छ । तपाइ हामी बाट नै सस्कृतिको संरक्षण भएन भने भोलिका दिनमा दोषारोपण तपाइ हामिलाई नै आउने हो । हामी भन्दा पछिल्लो पुस्ताले जोगाइ राखेको संकार र सस्कृतीको महत्वको खिल्ली उडाउने हामिलाई त्यस्तो कुनै अधिकार पनि छैन । यी सस्कार हरु जुन हामी गर्व गर्छौ रमाउछौ तीनलाई आउदो पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी पनि हाम्रै काधमा रहेको पनि भुल्नु हुँदैन । तपाइ हामी सबैलाई आफ्नो शब्द , गला र कलाको प्रयोग गर्ने पुर्ण अधिकार छ तर तीजको नाम जोडेर लज्जास्पद गीत बनाउनु , गाउनु र नाच्नुले समाजमा कस्तो सन्देश पुर्याउछ त्यता पट्टी पनि ध्यान दिनु उत्तिकै महत्वपुर्ण छ । कामकुरो एकातिर कुम्लो बोली कतातिर,,,?? भने जस्तै तीजको महत्वको ख्याल नै नगरी उत्ताउला गीतहरु बजारमा आउन बन्द गरिनु पर्छ ।