जेरुसेलम , असार ३० ,
इजरायली सेनाको आक्रमणमा परी गाजाको उत्तरी क्षेत्रमा ६ दिनयता १ सय ६६ जनाले ज्यान गुमाएका छन् ।
मृतकमा एकै परिवारका १७ जना समेत छन्, उनीहरू शनिबार साँझ भएको क्षेप्यास्त्र प्रहारमा परेका थिए । मारिएका ७७ प्रतिशत व्यक्ति निहत्था सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । घाइते हुनेको संख्या एक हजार नाघेको छ । कारबाहीमा सबैभन्दा बढी शनिबार ५६ जनाको मृत्यु भएको थियो ।
थप आक्रमणको चेतावनी दिँदै इजरायलले उक्त क्षेत्र खाली गर्न स्थानीय बासिन्दालाई निर्देशन दिएको छ । गत जुलाई ८ देखि इजरायलले 'अपरेसन प्रोटेक्टिभ एज' नाम दिएर हमासविरुद्ध कारबाही थालेको हो । हमासले रकेट र गोली प्रहार बन्द नगरेसम्म आक्रमण जारी रहने इजरायलले जनाएको छ । लडाकुहरूले गरिरहेको अन्तरसीमा रकेट आक्रमण बन्द गराउन यो कारबाही थालिएको इजरायलको दाबी छ ।
इजरायलले हमास विद्रोहीको पकड क्षेत्रलाई निसाना बनाएको छ । जसमा, हमासका वरिष्ठ नेताको घरलाई समेत निसाना बनाइएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यस क्षेत्रमा युद्धविराम र शान्ति वार्ता अघि बढाउन आह्वान गरेको छ ।
बेइत लाहिया सहर खाली गर्न आग्रह गर्दै इजरायली सेनाले आइतबार बिहान पर्चा छरेको छ । 'हामी सर्वसाधारणलाई हानि पुर्याउन चाहन्नौं,' पर्चामा उल्लेख छ, 'तर, हमाससँग निकटता राख्ने सर्वसाधारण र पूर्वाधारहरू सुरक्षित छैनन् ।' ४ हजारभन्दा बढी गाजाबासीलाई आफ्ना ८ वटा आधार शिविरमा आश्रय दिइएको राष्ट्रसंघीय राहत एजेन्सीका प्रवक्ताले जनाएका छन् । उनका अनुसार इजरायल र प्यालेस्टाइन दुवैतर्फको नागरिकता भएका करिब ८ हजारले गाजा क्षेत्र छाड्ने क्रममा छन् ।
बेलायतका लागि प्यालेस्टिनी राजदूत म्यानुएल हस्सासिएनले आक्रमणबाट बच्न गाजावासीका लागि कुनै सुरक्षित स्थल नभएको बताएका छन् । 'गाजा जनसंख्याको एकीकृत क्षेत्र हो, त्यहाँका बासिन्दा चौतर्फी असुरक्षामा छन्,' उनले भने ।
इजरायलको हवाई आक्रमणमा आइतबार बिहान हमासका अधिकांश सुरक्षा मुख्यालय र प्रहरी एकाइका भवन ध्वस्त भएका छन् । संवाददाताहरूका अनुसार त्यस आसपास बस्ने सर्वसाधारणका धेरै घरमा पनि क्षति पुगेको छ । इजरायली भूमिमा निसाना साधिने हमासका अधिकांश केन्द्र ध्वस्त पारेको दाबी इजरायली सेनाको छ । 'यो अपरेसन कहिले सकिन्छ भन्ने हामीलाई थाहा छैन, लामो समय लाग्न सक्छ,' इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि भने ।
हालसम्म इजरायलतर्फ ६ सय ६० वटा रकेट प्रहार भएको र अन्य १ सय ७३ रकेटलाई इजरायली आइरन डोम हवाई प्रतिरक्षा प्रणालीले असफल बनाएको बताइएको छ । इजरायली सेनाले शनिबार बिहानसम्म हमासका एक हजार ३ सय २० वटा 'बेस'मा आक्रमण गरेको थियो । त्यस क्रममा ७ सय ३५ वटा रकेट प्रहार भएको तथा लडाकु तालिम केन्द्र र बसोबासस्थल गरी ६४ वटालाई ध्वस्त बनाइएको इजरायलले जनाएको छ । कारबाहीमा हालसम्म हमासका ३२ नेताको मृत्यु भएको पनि सेनाले जनाएको छ । एएफपी/बिबिसी :