जोहानसवर्ग (बीबीसी), असार ३१ ,
नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी लेखिका नादिन गोर्डिमरको ९० वर्षको उमेरमा निधन भएको छ । विख्यात रंगभेदविरोधी लेखिकाले सोमबार यहाँस्थित आफ्नै निवासमा अन्तिम श्वास फेरेकी हुन् । मृत्युअघि उनमा सामान्य स्वास्थ्य समस्या देखिएको थियो । गोर्डिमरले ३० भन्दा बढी पुस्तक लेखेकी छन् ।
तीमध्ये 'माई सन्स स्टोरी', 'वर्गर्स डटर' र 'जुलाइज पिपल' नामक उपन्यास निकै चर्चित छन् । उनले द कन्जरभेसनिस्टका लागि सन् १९७४ मा बुकर पुरस्कार पाएका थिइन् । सन् १९९१ म्ा उनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । सानै उमेरदेखि लेखनमा रमाएकी गोर्डिमरले १५ वर्षको छँदै आफ्नो पहिलो कथा 'कम अगेन टुमरो' जोहानसवर्ग म्यागजिनमा छपाएकी थिइन् ।
उनका कृतिमा खास गरी उपन्यास र कथाहरू ब्ाढी चर्चित छन्, जहाँ रंगभेद, निर्वासन र एक्लोपन प्रमुख विषयवस्तु पाइन्छन् । परिवारका अनुसार उनलाई दक्षिण अफ्रिका, यसको संस्कृति, मानिस र प्रजातन्त्रका निम्ति जारी संघर्षकै बढी चिन्ता थियो ।
रंगभेदविरुद्धको अभियानमा प्रतिबद्ध गोर्डिमर अफ्रिकी नेसनल कांग्रेसकी अग्रणी नेतृ बनिन् । उनी नेल्सन मण्डेलाको रिहाइका लागि पनि लडिन् । मण्डेला र उनी एकदमै निकटका साथी बन्न पुगे ।