गजल:By, आचार्य प्रभा


गजल - आचार्य प्रभा

जती लड्नु लडी सकें कति लडाउँछौ ?
छातीभित्र तिखो शूल किन गडाउँछौ ?

तिम्रोजस्तै मेरोपनी उस्तै उदेश्य छ
मलाई रोक्न तिम्रा पाउ अझै बढाउँछौ ?

सफलताको सबैले नै आश राख्ने गर्छन्
पराइेको आशालाई किन डढाउँछौ ?

सही सोंच पालेर पो मान्छे सुखी हुन्छन्
आफ्नै मन्लाइे झुटो पाठ किन पढाउँछौ ?

अभिमानको पहाडले किच्नभन्दा पैला
स्वाभिमानको शिर शायद चाँडै ठडाउँछौ!!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com