गीत्: By, रमाईलो अवस्था
नरोपी झल्किने यौवनको लाली,
प्रीत बसेछ,त्यो कलिलो गालामा।
नटोकी मस्किने ओठको बोली,
मात रहेछ,त्यो नशीलो आँखामा।
नलेखि बुझिने प्यारको ताली,
गीत बनेछ,यो माधुर्य बोलाईमा।
नहराई खोजिने प्रेमको चिनारी,
मीत रहेछ,यो प्रेमिला संसारमा।
नढोगी नहुने मन्दिरको गजूर,
अर्चना रहेछ,यो सरल भावनामा।
नखोजी मिल्ने ईश्वरको वरदान,
प्रतिमा बोलेछ,यो नयना हाँस्दामा।
नसोधी छरेछु बिँऊ कून इशारामा,
नजानी टेकेछु पाईला यो धरतीमा।
नखोली दिएछु माया तिम्रो भरोसामा,
नबोली लिएछु कसम मेरो निर्णयमा।