President-National Micro Entrepreneurs Federation Nepal
आजको टफ टकमा मेरो अतिथि हुनुहुन्छ, पर्वत फलेवासकी साँइली दमिनी ।
गाँउमा सबैले साँइली दमिनी भनेर चिनिने केशा परियार हालै मात्र अन्तर्राष्ट«िय क्षेत्रमा ख्यातिप्राप्त शान्तिका लागि व्यवसाय (बिजनेस फर पिस) पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
शान्ति र अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार विजेताहरु सम्मिलित निर्णायक मण्डलले उनलाई शान्तिका लागि व्यवसाय पुरस्कार २०१४ ले सम्मानित गर्ने निर्णय गरेको थियो र उनलाई यो पुरस्कार नर्वेको बिजनेस फर पिस प्रतिष्ठानले २०७१ जेठ १ गते ओस्लोस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा विशेष समारोहबीच प्रदान गरिएको थियो । बिजनेस फर पिसको वेबसाइटमा उनकाबारे यसरी लेखिएको छ, 'केशा ६० हजारभन्दा बढी लघुउद्यमीकी नेता हुन् ।
उनी नेपालको पिछडिएको दलित समुदायबाट आएकी भए पनि उनको नेतृत्व र सफलताले धेरैलाई उद्यमी बनाउन तथा स्वरोजगारका अवसर खोजी गर्न र विभेद हटाउन प्रोत्साहन गरेको छ ।" केशाका बारेमा मैले कहिँ यस्तो पढेको थिएं,-- केशा परियारको संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन् । आउनुहोस, स्वागत गरौ आजकी मेरी अतिथि साँइली दमिनी, अर्थात केशाकुमारी परिवारलाई ।