उत्कृष्ट संविधान नै विकास प्रगति र समृद्धिको आधार I

 काठमान्डू जेष्ठ २५,

निर्माणाधीन संघीय गणतन्त्र नेपालको संविधानमा व्यवस्था हुनुपर्ने अनिवार्य विषयहरुः

१. नेपालको बहुधार्मिक विशेषतालाई स्वीकार्दै सबै धर्मलाई सम्मान गर्न संविधानतः नेपाल ‘धर्मनिरपेक्ष राज्य’ कायम गरि उग्र जातिवाद र धार्मिक अतिवाद अन्त गरिनु पर्दछ ।
२. जाति, धर्म, वर्ण, भाषा र क्षेत्रकै कारण शोषित हुँदै आएका आदिवासी, जनजाति, मधेसी र दलितहरुको मुक्तिका लागि साथै प्रशासनिक तथा विकासको कार्यमा प्रभावकारिता थप्न राज्यको पूर्नसंरचना विश्वको लोकप्रिय प्रचलन अनुसार जातीय सघनता, ऐतिहासिक पृष्ठभूमि, भाषिक, भूगोल र आर्थिक धरातलको आधारमा गरिनुपर्दछ । राज्यहरुलाई आत्मा निर्णय र अग्राधिकार हुनुपर्दछ ।

 ३. राजनीतिक सरकार र स्थायी सरकार (निजामति सेवा) का सबै तह क्षेत्र र निकायहरुमा जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व तथा अवसरको संवैधानिक सुनिश्चितता हुनुपर्दछ ।
४. एक धर्म र निश्चित समुदाय (चन्द्रवंशी सूर्यवंशी) को मात्र अस्तित्व र पहिचानको अर्थ राख्ने प्रचलनमा रहेको राष्ट्रिय झण्डालाई परिवर्तन गरी सिङ्गो राज्यलाई समेट्ने नयाँ राष्ट्रिय झण्डाको व्यवस्था र व्याख्या हुनुपर्दछ ।
 ५. सरकारी कामकाजी भाषाको सम्बन्धमा सबैको लागि तटस्थ हुने अन्तर्राष्ट्रसँग सजिलै सम्पर्क हुने भाषालाई र खस (नेपाली) भाषा लगायत मातृभाषालाई पनि मान्यता दिनुपर्दछ ।
६. सबै भाषा र सम्प्रदायको सम्मान गर्न राष्ट्रिय चिन्हमा रहेको ‘जननी जन्मभूमिश्चः स्वर्गदपी गरियसी’ संस्कृत शब्द हटाउनु पर्दछ । अधिकांश अन्य मुलुकहरुले झै चिन्ह मात्र प्रयोग गर्नुपर्दछ ।
 ७. एक धर्म, सम्प्रदायको मात्र विशेष प्रतिनिधित्व गर्ने राष्ट्रिय जनावर ‘गाई’लाई हटाई तटस्थ तथा सबैलाई स्वीकार्य हुने कुनैपनि जनावरलाई राष्ट्रिय जनावर कायम गर्नुपर्दछ वा राष्ट्रिय जनावर नै खारेज गर्नुपर्दछ ।
८. साँस्कृतिक विविधतालाई समेट्ने गरी एक भन्दा बढी राष्ट्रिय पोशाक तोक्नुपर्दछ ।
 ९. सबै धर्म, संस्कृतिका चार्डपर्वलाई समान पहिचान र अवसरको ब्यवस्था हुनु पर्दछ ।

संविधान सबै नेपालीको साझा बन्नुपर्दछ । कुनै पनि जाति धर्म भाषा संस्कार संस्कृति र क्षेत्रलाई विभेद गर्ने प्रकारको बन्नुहुदैन । समयमै सहि संविधानको लागि आन्दोलित होऔं र आन्दोलनरत पक्षलाई सहयोग गरौ । एकआपसमा अस्वीकार्य हुने बैमन्यस्यता ल्याउने मनमुटाव आउने कुराहरु हटाई निष्पक्ष र खुल्ला संविधान बनाऔ सन्तुलित सहिष्णिुताको निर्माण गरौ र सरासर देश विकास र प्रगतिमा जाऔं ।

 स्वतन्त्र विचार प्रवाह समुह, 

==>> Video....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com