जित सुनिश्चित रावल I

भरतपुर  जेठ ३१,

आगामी असार ८ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले चितवनले क्षेत्र नं. ४ मा चुनावी प्रचार लाई तीब्र पारेको छ । उप निर्वाचनकी एक मात्र महिला उम्मेदवार पार्वती रावललाई जिताउन एमालले हरेक दिन मतदाता संग भेटघाट गने र् र अन्र्तक्रिया गर्ने गरेको प्रचार विभाग प्रमुख अरुण पिडीत भण्डार ीले जानकारी दिनुभयो । 

उम्मेदवार सहितको टोलीले घरदैलो र अन्र्तक्रिया गरी मतदाताको समस्या बुझ्ने र पार्टीको जनता केन्द्रीत योजनाहरुलाई प्रस्तुत गर्ने गरिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो । घरदैलो तथा अन्र्तक्रिया गर्ने कार्यक्रम अन्र्तगत भरतपुर–७ कटहरचोकमा कोण सभा आयोजना गरिएको थियो । सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार रावलले यस पटक आफुले भारी मत अन्र्तरले जित्ने दावी गर्नुभयो 

साथै उहाँले यस पटक महिला,दलीत,जनजाती,युवा,बृद्धबृद्धा,मजदुर,किसान सबै पक्षको समर्थन आफुलाई रहेकोले जित सुनिश्चित रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी,केन्द्र ीय सदस्य देवी ज्ञावली लगायतले वोल्नुभएको थियो । एमाले उम्मे दवार रावल सहित करिव ५ सय नेता तथा कार्यकर्ताहरु भरतपुरका विभिन्न वडामा घरदैलोमा सहभागि भएका थिए । त्यसैगरी गितानगरमा पनि एमालले निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न गरेको छ । 

एमाले केन्द्रीय सदस्य झिल्लु प्रसाद तिवारी,अनेम संघ जिल्ला अध्यक्ष सुर्य बदना हमाल,कृष्णलब्ली लगायतले वोल्नुभएको थियो । त्यसैगरी एमाले उम्मेदवार रावललाई विजयी गराउन एमाले निकट युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेत भोली शनिवार चितवन आउनुहुनेभएको छ । अध्यक्ष बस्नेतले भोली ११ बजे भनपा– ७ बुद्धचोक,२ बजे शिवनगर र दिउसो ४ बजे पटिहानीमा आयो जित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com