अमेरिकामा नेपाली मुलका गुरुङ आयुक्तमा नियुक्ति I

भर्जिनिया आषाढ १७,

विजय थापा : अमेरिकाको वाशिंगटन राज्यका गवर्नर जे इन्सलीले नेपाली मुलका मोहन गुरुङलाई एसियन प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नियुक्त गरेका छन । ४० बर्षको ईतिहासमा पहिलो पटक उक्त पदमा मनोनित हुने पहिलो नेपाली मुलका गुरुङ सियाटल वाशिंगटनमा बसोबास गर्छन ।

गुरुङले आफ्नो जीवनवृत्त चिकित्सा क्षेत्र अन्तर्गत बीर अस्पतालमा झन्डै डेढ दशक सेवा पुर्याएका थिए भने अतिरिक्त समयमा अनुसन्धान प्रतिस्ठानमा संलग्न भएका थिए । १९९९ मा नेपाल सियाटल समाज स्थापना गर्दै हाल बिभिन्न संस्थासंग आबद्ध रहेका गुरुङ हाल सपरिवार अमेरिकामा छन् ।

बिगतमा नेपाल सरकारबाट रामेछाप र उदयपुरमा भएको भूकम्पमा मानवीय सहायता गरे वापत सम्मानित भएका थिए भने उत्तर पश्चिम एसियन साप्ताहिकबाट उच्च सहयोग गरे वापत सम्मानित भएका छन ।   ३२ बर्षको ईतिहासमा यो सम्मान पाउने मोहन गुरुङ पहिलो नेपाली बनेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com