वीरगञ्ज आषाढ ३,
चिकित्सकको लापरबाहीले शल्यक्रियाबाट सुतकेरी भएकी एक महिला सिकिस्त बनेकी छन् । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया क्रममा उनको पिसाब थैलीमा क्षति पुगेको छ ।
बाराको जीतपुर ८ की प्रीतिदेवी चौधरी अस्पतालको शैयामा छिन् । गत जेठ १२ मा चिकित्सकको सल्लाहमा शल्यक्रियाबाट उनी सुत्केरी भएकी थिइन् । शिशुको स्वास्थ्य सामान्य भए पनि उनी सिकिस्त छिन् । शल्यक्रिया गरेको घाउ पनि पाकेको छ । पिसाब निकाल्न पाइप लगाइएको छ । चिकित्सकले थप उपचारमा ध्यान दिएका छैनन् । वार्डमा रहेका अन्य प्रसूतिको हेरचाह तथा उपचार गरिरहे पनि उनको स्वास्थ्यस्थिति जाँच नगरेको आरोप परिवारको छ ।
चिकित्सकले हेरचाह नगरेपछि पीडा थपिएको चौधरीले गुनासो गरिन् । चिकित्सकको लापरबाही छानविन गरी कारबाहीका लागि प्रीतिका पति सुरेशले जिल्ला प्रशासन पर्सामा आइतबार उजुरी दर्ता गरेका छन् । चौधरीको शल्यक्रिया डा. लक्ष्मी थापाले गरेकी हुन् । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रामाशंकर मण्डलले लापरबाहीबारे छानबिन गरिने जानकारी दिए । (कान्तिपु)