धनुषा आषाढ १४,
प्रेम विवाह गरेकी छोरीलाई प्रलोभन दिएर बोलाउँदै माइती पक्षले बेपत्ता बनाएको आरोप लागेको छ । पाँच महिना अघि भागेर प्रेम विवाह गरेकी ढल्केवर ३ जैसीलाल यादवकी २० वर्षीया छोरी सविता यादवलाई माइती पक्षले बेपत्ता बनाएको घर पक्षले जनाएको छ ।
सविताले गत फागुन महिनामा धनुषाको बटेश्वर ७ का भोला महतोका २१ वर्षीय छोरा रामसागर महतोसँग प्रेम विवाह पश्चात ‘कोर्ट म्यारिज’ गरेकी थिइन् । घरबाट अन्तरजातीय केटासँग विवाह गर्न अस्वीकार गरेपछि रामसागरसँग भागेर विवाह गरेकी थिइन् । घरपरिवारलेसमेत प्रेम विवाह स्वीकार गरेको र माइतमा आए गरगहना दिएर विदाई गर्ने प्रलोभन दिएर बेपत्ता बनाएको सविता श्रीमान् रामसागरले जानकारी दिनुभयो ।
रामसागरले आफ्नी श्रीमती सवितालाई बेपत्ता बनाएर यातना दिइरहेको र सम्बन्ध विच्छेद गराउन खोजेको दुःखेसो पोख्नुभयो । आफूहरुको अटुट सम्बन्धलाई सविताको इच्छा विपरित छुट्याउन खोजी बेपत्ता बनाएको भन्दै खोज तलास गरदिन इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको बताउनुभयो । यता सवितालाई उपस्थित गराउन माइती पक्षलाई निर्देशन दिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी सहायक निरीक्षक सारदाशंकर साहले बताउनुभयो ।नेपालब्रिटेन: