ए एन ए हिरो २०१४ मा दूई महिला र दुई पुरुषलाई प्रदान गरिने I

भर्जिनिया आषाढ २,

विजय थापा : केहि दिन अगाडी मात्र ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने घोषणा गरि सकिएको भएता पनि नागरिक समाज ,ए एन ए का अधिक सदस्यहरु ,ए एन ए को ब्रेन चाइल्ड (उपज )नेपाल शैक्षिक तथा संस्कृति केन्द्र म्यारील्याण्डको उच्च सिफारिसमा अमेरिकाका राष्ट्रपतिले प्रदान गर्ने राष्ट्रपति स्वयंसेवक पुरस्कार ​बाट ​लगातार ७ पटक प्राप्त गर्ने डिसी महानगर क्षेत्रमा ए एन ए को जन्म १९८३ देखि नै बसोबास गर्दै आएकी महिला समाज सेवी तथा स्वयम् सेवक सरोज प्रजापतिलाई ए एन ए नायक ​२०१४ ​ ​द्वारा​ ​ ​सम्मानित गरिने भएको छ ।
 
नेपाल शैक्षिक तथा संस्कृति केन्द्र (एनईसीसी )म्यारील्याण्डमा गत जुन ७ तारिखमा बसेको बैठकमा उपस्थित २२ जना समितिका सदश्य तथा तथा आमन्त्रित सबैको निर्बिरोध अनुमोदनमा ३० बर्ष देखि अविरल रुपमा ए एन ए मा सहभागी हुदै आएकी समाज सेवी सरोज प्रजापतिलाई दिइने घोषणा गरिएको छ ।
 
प्रजापति सन् २००४ देखि नै लोकहित मार्टिन प्रतिस्ठान ,१९८३ देखि नै उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेष्ठ अमेरिका नेपाल सोसाईटी ,नेपा पास पुचः अमेरिकाए(एन पी पी ए ) ,ए एन ए सम्मेलनमा पटक पटक संस्कृतिक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकी ,१९८३ देखि अत्यधिक स्वयम सेवक पुरस्कारबाट विभूषित भएकी सेन्ट लुक प्रतिष्ठान ,आन्मा ,एनईसीसी आदिमा उल्लेखनीय योगदान पुर्याउनु भएकी सरोज प्रजापति ,फुलबारी सांस्कृतिक कल्बकि संस्थापक सभापति र हाल नेपा पास पुचः अमेरिकाये को अधक्ष्य रहेकी छिन् । ३२ औ ए एन ए डिसी सम्मेलनमा पुरस्कृत हुने प्रजापति कार्यक्रम सुची तयार समिति(ईवेन्ट स्केडुल) को संयोजक पनि रहेकी छिन् ।
 
आधा आकाश ढाक्ने महिलाहरुको आवाज तथा प्रतिनिधित्व समान होस् भनि ए एन ए नायक २०१४ मा दुई पुरुष तथा दुई महिलालाई प्रदान गरिने भएको छ । पछिल्लो उच्च सिफारिसमा ए एन ए हिरो २०१४ द्वारा पुरस्कृत हुने सरोज प्रजापति , सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि गिनिज बिश्व पुस्तकमा आफ्नो र ए एन ए को नाम सहित लेखाउन सफल भएका कीर्तिमानी कृष्ण पाण्डेय ,महिला तर्फ सामाजिक सेवाको क्षेत्रमा महिला हक ,अधिकार तथा महिला सशक्तिकरण सम्बन्धमा सशक्त भूमिका निर्वाह गर्ने बिष्णु कुमारी थापा तथा सगरमाथा आरोही आङ्ग दोर्जे शेर्पालाई दिने घोषणा सहित महिला तथा पुरुषको सन्तुलन बराबरी हुन पुगेको छ ।

अघिल्लो ३ जना ए एन ए हिरो २०१४ को घोषणा ए एन ए को कार्यकारी समितिको सिफारिसमा गरिएको थियो भने सरोज प्रजापतिको सिफारिस नेपाली समुदाय ,ए एन ए का सदस्यहरु तथा नेपाल शैक्षिक तथा संस्कृति केन्द्रको उच्च सिफारिसमा गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com