बैतडी जेष्ठ २८,
बान्ता गर्न थालेपछि उपचार गर्न स्वास्थ्यचौकी नलगेर धामीझाँक्री र झाँरफुकमै भर पर्दा एक बालकको मृत्यु भएको छ। महाकाली–३ का बीर मंगोलका ७ वर्षीय छोरा सुरजले मंगलबारदेखि टाउको दुखेको बताएका थिए। पटकपटक बान्तासमेत गरेका उनको बुधबार मृत्यु भएको हो।
स्थानीयले स्वास्थ्यसंस्थामा लैजान अनुरोध गरे पनि मंगोल परिवार झारफुक गर्नतिर लागेकाले बालकको ज्यान गएको स्थानीय अर्जुन मंगोलले बताए।अत्यधिक गर्मी र पानी नपरेकाले गर्मीका कारण 'ब्रेन अटेक' भएर बालकको ज्यान गएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर गुणराज अवस्थीले बताए। समयमै पानी नपरे त्यस क्षेत्रका व्यक्तिमा त्यस्तो समस्या देखिने प्रवल सम्भावना रहेकाले समयमै स्वास्थ्य संस्था लग्न उनले सुझाव दिएका छन्।(बिरा गडाल-नागरिक)