गजल "नारीलाई आह्वान " By, आचार्य प्रभा


गजल  "नारीलाई आह्वान " आचार्य प्रभा

घुम्टोभित्र लजाएर कती बस्छौ नारी ?
नबस्नु है गहबाट अश्रुधारा झारी ।

समयको पाबन्दिको अब जन्जिर् टुट्यो
अघी बढ हिम्मतले दर्‍हो पाइेला सारी ।

गाउँ बस्ती कन्दरामा आवाज एकै गर्दै 
जाग उठ लम्क अब बिसाइे दाउरा भारी । 

जन्मलियौ बुहारीको बुहार्तन खप्न
अब निस्क आफुलाई बन्धनमुक्त पारी ।

उठाउ ती हँसिया र कचियाका धार
सोत्तर् पार अल्झिने ती घोँच्ने काँढाघारी । 

नारीत्वको पौरखको जोश देखाउन
नभाग है पछी फर्की डरत्राषले हारी ।

मात्रित्वकी खानी तिमी ममत्वकी देवी
तिम्रै माया छल्किन्छ नि सधैं वारीपारी ।

रचना - जुन २६/ २०१४  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com