गज़ल : By, कोमल भट्ट


 गज़ल

 खुसी छु आज बेसरी,सुनेर हर्षका कुरा
प्रफुल्ल भो मनै यहाँ,बुझेर हर्षका कुरा

अथाह वेदना सँगै,बसेँ सधैँ अतालिँदै
मिल्यो अपार शान्त्वना,भएर हर्षका कुरा

चढेछ रङ्ग पूर्वमा,अपूर्व कान्ति देखियो
 चियाउँदै छु मख्ख भै,लुकेर हर्षका कुरा

सिरीसिरी बतासले,लगाउँदै छ मोहिनी
 रमाउँदै छु गीतमा,रचेर हर्षका कुरा

प्रभातमा चरीहरू,चिरीबिरी गरे जव
मिठासले म लट्ठिएँ,थपेर हर्षका कुरा

अथाह वेदना सँगै,बसेँ सधैँ अतालिँदै
मिल्यो अपार शान्त्वना,भएर हर्षका कुरा

हराभरा बन्यो धरा,हटेछ दुर्दशा सबै
फुलेछ फूल वागमा,छरेर हर्षका कुरा

घडी छ यो वसन्तको,हवा बहन्छ "कोमल"
बताउँदै छु आज है,खुलेर हर्षका कुरा

(पञ्चचामर छन्द)

कोमल भट्ट
न्युयोर्क,यु एस ए

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com