गजल :
आज राष्ट्रले दिवस मनाउनु अघि
संविधान देउ मलाई जलाउनु अघि
पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने
पहिचान देउ मलाई बताउनु अघि
गर्भ बोकाइ तिमीहरू घाँटी ङ्याक्न खोज्दैछौ
कोखबाट यो शिशु जन्माउनु अघि
सास बाँकी होला ढुकढुकी छामी हेर
लाशमाथि त्यो कात्रो ओढाउनु अघि
दागवत्ती दिने को ? मेरो पहिलो यो प्रश्न
जिउँदो यो लाश उठाउनु अघि ।
मानन्धर अभागी