हालै वायुसेवा निगमका कर्मचारीले त्यहाँ भएको अनियमितता र व्यवस्थापनको लापरबाहीको विरोधस्वरुप आफ्ना हाकिमहरूलाई महिलाले प्रयोग गर्ने सामग्रीहरू- चुरा र सेनिटरी प्याडको साथमा 'नालायकीको लागि हार्दिक बधाई' लेखेर पठाएको र यी सामग्री पाएपछि निगमका हाकिमहरू केपी पौडेल र सुभाष रिजाल निकै तनावमा रहेको भन्ने खबर केही छापामा पढ्न पाइयो । त्यसो त नारी संवेदना र नारीत्वसँग जोडिएका नारीले प्रयोग गर्ने सामग्रीहरू कुनै पुरुषलाई अपमान गर्न वा होच्याउनमा प्रयोग गर्ने गरेको योमात्र पहिलो घटना भने होइन ।
करिब दुई वर्षअघि कास्कीमा एक दलित पुरुषलाई अपमानित गर्न महिलाको पेटिकोट लगाइदिने काम गरेको थियो, त्यहाँको समाजले । यतिबेला हाम्रो पुरुषवादी मानसिकता महिलाको पेटिकोटभन्दा पनि अझ भित्रै पुगेर महिलाले रजस्वला हुँदा रक्तस्राव व्यवस्थापनका लागि प्रयोग गर्ने प्याड नै कुनै एक पुरुषले अर्को पुरुषको अपमान गर्न प्रयोग गर्न पुगेको सुनियो ।
चुरा लगाउनेहरू अहिले पुरुषलाई चुनौती दिंदै हरेक क्षेत्रमा अघि बढ्न प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय क्षेत्रमा पुरुषभन्दा अगाडि दौडिरहेछन् । तर हाम्रो समाज अझै पनि कुनै पुरुषलाई कायर भन्नुपर्यो भने 'चुरा लगाएर हिँड !' भन्न पछि पर्दैन । किनकि पुरुषहरू हमेशा महिलाभन्दा उच्च देखिन चाहन्छन् । यो लैङ्गकि अहमतालाई प्रकट गर्नका लागि नै महिलाले प्रयोग गर्ने सामग्रीको दुरुपयोग गर्छन्, अपमानित गर्छन् । यदि चुराको अर्थ नालायकी र कायरता हो भने के बिहेको मण्डपमा दुलहीलाई चुरा पहिराइदिँदा हरेक पुरुषले त्यही अर्थमा सोचेको हुन्छ ? अर्थात् 'तँ कायर होस्, त्यसैले आजबाट तँलाई चुरा पहिराइदिएँ' भन्छ होला मनमनै ?
होइन भने यो प्रतिकात्मक हिंसाको हरेक महिलाले डटेर विरोध किन नगर्ने ?
यसै सन्दर्भमा महिलाले लगाउने चुरा र महिलामा हुने रजस्वलाबारे केही लेख्नु सान्दर्भिक लागेको छ । चुराको इतिहास सिन्धु सभ्यता (२६०० बी.सी.) देखि सुरु भएको देखिन्छ, जुन सर्वप्रथम मोहेनजोडदोका महिलाले प्रयोग गरेका थिए । प्रायः दक्षिण एसियाका महिलाले लगाउने चुरा त्यसपछि भारतमा मौर्यकालमा प्रचलनमा आएको अनुसन्धानकर्ताको दाबी छ । यसै समयको आसपासमा नेपालमा पनि चुराको प्रचलन भएको मानिन्छ । हिन्दु संस्कृतिमा निकै महत्त्वपूर्ण स्थान पाएको चुरालाई पवित्रता, सौभाग्य र नारी गौरवको प्रतीक मानिन्छ । बिहेको मण्डपमा बेहुलाले बेहुलीलाई चुरा नपहिराइदिएसम्म सप्तपदी नै सुरु हुँदैन । नारीका सोह्र शृङ्गारमध्ये चुरा एक
हो । चुरा नारीको अलंकार हो । बिभिन्न धार्मिक संस्कारमा रातो र हरियो चुरा लगाउनु नारीको लागि सौभाग्य र उसको पतिको लागि दीर्घायुको प्रतीक मानिन्छ । चुराविहीन हात अशुद्ध मानिन्छ । नारीले बिहेमा चुरा पहिरेपछि उसको पति बाँचुन्जेल हातमा चुरा टुटाउनुहुन्न भन्ने प्रचलन हाम्रो समाजमा छ । चुराले पति (पुरुष) लाई शक्ति र दीर्घायु प्रदान गर्छ भन्ने मनोवैज्ञानिक धारणा रहेको छ । अन्ततः पतिको मृत्युसँगै
फुटेर अन्त्य हुने नारी र चुराको सम्बन्धलाई किन पुरुषहरू अनि यही समाजले कमजोर र कायर ठान्छ ? जबकि चुरा र पुरुष बीचको सम्बन्ध अटुट छ ।
अब नारीमा हुने रजस्वलाको कुरा गरौं । प्राचीन कालमा नारीे रजस्वला हुँदाखेरिको रक्तलाई निकै पवित्र र शक्तिशाली मानिन्थ्यो । नारी प्रथमपटक रजस्वला हुनुलाई निकै उत्सवमय रूपमा हेरिन्थ्यो, किनकि त्यही रज जीवनदायिनी शक्ति मानिन्थ्यो, जसबाट मानवको उत्पत्ति हुन्छ । यसैले 'नारी जीवनको स्रोत हो ।' रजस्वलालाई चन्द्रमाको कलासँग जोडेर यसलाई 'मून ब्लड' भन्ने गरिएको पाइन्छ । हिन्दु धर्मग्रन्थ लगायत बाइबल आदि विभिन्न धर्मग्रन्थमा मानवको उत्पत्ति यही 'मून ब्लड'बाट हुन्छ भन्ने स्वीकारिएको छ । आजको विज्ञानले पनि जीवनको स्रोतको रूपमा स्वीकारेको रजस्वलालाई अपवित्र, घृणित र पापकर्म ठानेर रजस्वला भएका महिलालाई गर्ने व्यवहार अत्यन्त निन्दनीय र अन्यायपूर्ण देखिन्छ । अझै पनि हाम्रा आमाहरूले बेला-बेला आफ्ना सन्तानलाई सम्बोधन गर्दै भन्ने गर्छन्, 'तँ त मेरो रगतको डल्लो होस् !' हो, यो त्यही रगत हो, जसलाई व्यवस्थापन गर्नका लागि महिलाहरूले आज 'प्याड' प्रयोग गर्ने गर्छन् । त्यही रगतको अपमान गर्दै, आफ्नै अस्तित्वको अपमान गर्दै आज कुनै पुरुषले कसैको नालायकीको रूपमा 'प्याड' कोसेली पठाए र पाउनेहरू पनि अघोर चिन्तामा परे ।
प्राचीन कालमा रजस्वलाको रजलाई अत्यन्त पवित्र र शक्तिशाली ठान्दै यसबाट दीर्घजीवन र सौन्दर्य प्राप्त गर्नका लागि दूधमा मिसाएर खाने गरिन्थ्यो रे ! गि्रसेलीहरू यसलाई 'सुपर नेचुरल रेड वाइन' भन्दै पिउँथे रे ! उनीहरू 'मिन्सुरेसन ब्लड'लाई 'मून र पावर'सँग तुलना गर्थे रे ! अष्ट्रेलियन आदिवासीहरूले धार्मिक उत्सवमा यसलाई रंगको रूपमा प्रयोग गर्थे रे । दक्षिण-पूर्वी एसियामा कालीको तान्त्रिक पूजा गरेर शक्ति र अमरत्व प्राप्त गर्नका लागि रजस्वलाको रगत पिउने गर्थे रे ! अनि प्राचीन क्रिस्चियनहरूले पनि शक्ति उपासनाका लागि योनिको तान्त्रिक पूजा गरेर यो रक्तलाई 'डि्रङ्क अफ इमोर्टालिटी' भन्दै पिउँथे भन्ने कुरा पश्चिमा लेखकहरूका विभिन्न खोजमूलक लेखहरूमा पढ्न पाइन्छ ।
पूर्वीय दर्शन र आजको पाश्चात्य विज्ञानले पनि भनेको छ कि महिलाहरू रजस्वला हुँदा उनीहरूमा असीमित शक्ति उत्पन्न हुन्छ । यो अवस्थामा उनीहरूबाट यस्तो ऊर्जा निस्किरहेको हुन्छ कि त्यो ऊर्जाले यस ब्रह्माण्डमा घुमिरहेको दैवी र ईश्वरीय शक्तिलाई निस्तेज पारिदिन सक्छ । सायद त्यही भएर होला, नारीलाई शक्तिको प्रतीक मानेको । त्यही भएर होला, समाजमा नारीले अधिकार गुमाउँदै गएर पुरुष अधिपत्यको सुरुआत अर्थात् ब्राह्मणवादको अधिपत्यपछि नारीलाई कमजोर पार्दै रजस्वला मएकी महिलालाई सूर्यबाट टाढा, देवताको मन्दिरबाट टाढा अनि ब्राह्मणको जनै छुन नहुने भनेर बन्देजका रेखा कोरिएका । हाम्रा ऋषिमुनिहरूले पनि रजस्वलाको शक्तिलाई स्वीकारेको देखिन्छ ।
उदाहरणको रूपमा महाभारतको एक घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक होला- जब जुवाको खालमा दुःशासनले तीन दिनकी रजस्वला द्रौपदीलाई घसेट्दै जुवाको खालमा ल्याएर उनको सारी खिचिरहँदा बरु दुःशासन थाकेर निस्तेज भयो, द्रौपदीको सारी फुस्केन । त्यसपछि द्रौपदीको हाँक र हुंकारले सभामा उपस्थित मै हुँ भन्ने बडेसेबडे महारथीहरू पनि शिर निहुराएर रहे ।
हो, नारीको यही शक्तिमा पुरुषको अस्तित्व अडेको छ र सारा मानवको अस्तित्व अडेको छ । नारीमा हुने रजस्वला एक चमत्कारिक शक्ति हो, जसबाट मानव आत्माको उत्पत्ति हुन्छ । दार्शनिक अरस्तुले पनि भनेका छन्- 'मानव जीवन नारीको रजस्वलाको रगत जमेर बनेका हुन्छ ।' यो सिर्जनशील शक्तिलाई अवमूल्यन र अपमान गर्ने कुनै पनि व्यक्तिले आफ्नी आमाको अपमान गरेको हुन्छ । यसलाई घृणा गर्नेले आमालाई घृणा गरिरहेको हुन्छ ।
'चुरा र प्याड' पठाउनेहरूले सोचे होलान्, 'हामीले हाम्रा हाकिमलाई हदैसम्मको अपमानित गर्यौं' र यी सामग्री पाउनेहरूले सोचे होलान्, 'हामी हदैसम्म अपमानित भयौं' । किनकि उनीहरू दुबैको नजरमा नारी भनेका अत्यन्त तुच्छ प्राणी हुन् र उनीहरूले प्रयोग गर्ने सामग्री झनै तुच्छ । तर अब कुरा यत्तिमै सीमित रहनेवाला छैन । समाज सधैं एउटै पक्षको अधिनायकत्व र उही सोचबाट अघि बढिरहन सक्दैन र बढ्न दिनु पनि हुँदैन ।

लैङ्गकि संवेदनासँग जोडिएका कुनै पनि वस्तु वा शव्द प्रयोग गरेर कसैलाई पनि होच्याउन र अपमान गर्न पाइन्छ कि पाइँदैन ? भनेर बहसको थालनी गर्नैपर्ने भएको छ र यस विषयमा पनि उपयुक्त कानुनी सजायको व्यवस्थाको खाँचो महसुस भएको छ । यो प्रतिकात्मक हिंसाको हरेक महिलाले डटेर विरोध किन नगर्ने ? किन महिला अधिकारकर्मीहरूले यस्ताहरूलाई महिलाको मानहानि विरुद्ध मुद्दा नहाल्ने ?
(रामेस्वारी पन्त-इकान्तिपुर)