नेपाली आकाश द्वारा मुक्त कमैयाका बालबालिकाहरुको लागि कैलालीमा पाठशाला निर्माण photo feature...

भर्जिनिया जेष्ठ ३,

विजय थापा : डिसी महानगर क्षेत्रमा गत बर्ष स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशले कैलाली जिल्लामा मुक्त कमैयाका बालबालिकाहरुका बिद्यालय निर्माण गरि दिएको छ । गत बर्ष समुद्घाटन गरेकै दिन कैलालीमा पढन नपाएका मुक्त कमैयाका छोराछोरीहरुको लागि पक्कि पाठशाला बनाउने प्रतिबद्धता जनाए अनुसार एक बर्ष नबित्तै पाठशाला निर्माण गर्न सकेकोमा हर्ष व्यक्त गर्दै आउदो जुनको दोश्रो हप्तामा हस्तान्तरण गरिने कुरा संस्थाका अधक्ष्य नरेश उप्रेतीले बताए ।

 उक्त बिद्यालय कैलाली जिल्लाको टिकापुर नजिक जोशीपुरमा रहेको बताउदै अमेरिकाबाट दिन सक्ने र नेपालबाट पाउने भन्ने आशा गरेकालाई सम्पर्क गराई दिने उदेश्य रहेकोले कसैसंग सम्पर्कमा नरहेका र कुनै पनि सहयोग नपाएकालाई नेपाली आकाशले छनौट गरेको अधक्ष्य उप्रेतीले बताए । संस्थाका मुख्य कार्यकारी अधिकारी रंजन के. सी.भन्छन संस्थाको मुख्य उदेश्य आर्थिक हिसाब किताब पारदर्शिता राख्नु रहेकोले भवन निर्माणमा लागेका सम्पूर्ण भरपाई तथा बिजक पनि आफ्नो संस्थाको संजालमा राखिएको उल्लेख गर्दै हेर्न चाहनेले निशुल्क सदस्य बनि कहाँ ,कति र के कामको लागि खर्च गरिएको भनि हेर्न सकिने बताए ।

बिद्यालयको शिल्यान्यास एक महिना अगाडी सकिएको जानकारी गराउदै उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा वरिष्ठ नागरिक द्वारा गरिएको थियो । शिक्षा मन्त्रालयको माप दण्ड अनुसार करिब १० लाखको लागतमा एक कोठामा पचपन्न जना अटाउने गरि निर्माण गरिएको हुनाले २ कोठे पक्कि पाठशालामा एक सय दस जना बिद्यार्थी पढ्न पाउने गरि निर्माण गरिएको अधक्ष्य उप्रेतीले बताए । 

उनले अगाडी थप जानकारी गराउदै पाठशाला निर्माणको लागि स्थानीय व्यक्तिहरुले निशुल्क श्रमदान गरेको बताए भने उक्त भवन निर्माणको लागि आर्थिक सहयोग अमेरिका ,अस्ट्रेलिया ,क्यानडा तथा कतारबाट पनि प्राप्त भएको जनाए । यो परियोजनाको लागि आर्थिक रुपमा सहयोग गर्ने चन्दा दाता तथा नैतिक रुपमा सहयोग गर्ने सबै पक्षलाई नेपाली आकाश परिवारको तर्फबाट धन्यवाद दिएका छन् ।

आफु पनि नेपाल जुन महिनामा जाने तयारी गरि रहेकोले समयले साथ दिएको खण्डमा आफु नै गएर बिद्यालयलाई चाहिने डेस्क (मेज) तथा बेञ्च(लेखानाधार ) सहित हस्तान्तरण गर्ने योजना रहेको बताए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com