चितवन जेठ १,
राजेश रुम्बा लामा 'अतृप्त' :
पुर्बी चितवन जिल्लाको बिरेन्द्र नगर गाविसका सङ्घ छेवाङ्ग टासी बौद्ध गुम्बा,भण्डारा २-मंगल टांडीका छेथर मेनडुलिङ्ग गुम्बा र भण्डारा गाविस भवानी पूराका उर्केन छ्योईलिङ्ग गुम्बा द्धार २५५८ औं बुद्ध जयन्तिको अवसर पारेर मिति २०७१/०१/३१ गते सयुक्त रुपमा बृहत शान्ति र्र्याली निकालेको छ ।
"बिस्वमा शान्ति छाओस ,,हत्या हिंसा बन्द गरौँ "भन्ने मूल नाराका साथ निकालिएको उक्त -र्याली बिरेन्द्र नगर-१ स्थित रहेको सङ्घ छेवाङ् टासी बौद्ध गुम्बा बाट सुरु गरिएको थियो भने पुरै गाउँ परिकरमा गरि भण्डारा गाबिस चौकी डाँडा स्थित चौतारामा पुगी कोण सभामा परिनत भएको थियो । सयौं संख्यामा जना सहभागिता रहेको उक्त -र्यालीमा बालबालिका देखि बृद्ध बृद्धा समेतको सहभागिता रहेको थियो भने तिनवटै गुम्बाका लामा गुरुहरु गणेश रुम्बा लामा, तारा लामा र चन्द्र बहादुर लामा को प्रवचन सहित कार्यक्रम सम्पन्न भएको थियो ।