युभेन्ट्सले मनायो लिग जितेको खुसियाली I

मिलान वैशाख २४ ,

सिमाने पाडोनले ७२ औं मिनेटमा गरेको गोलमा युभेन्ट्सले सोमबार इटालीको सिरी 'ए' मा एटलान्टालाई १-० ले हरायो र घरेलु समर्थकले भरिएको आफ्नो मैदानमा लिग जितेको खुसियाली मनायो ।

एन्टोनिओ कोन्टेको टिमले अघिल्लो दिन नै लिग जित्ने तय भइसकेको थियो । दोस्रो स्थानमा रहेको एएस रोमा क्याटानियासँग पराजित भएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो । युभेन्ट्सको यो सिजनको ३१ औं जित हो र उसले आफ्नो मैदानमा भएका लिगका सबै १८ खेल जितेको कीर्तिमान बनाएका छन् ।

युभेन्ट्सको अहिले ९६ अंक भएको छ र उसले अन्तिम दुई खेलमा एएस रोमा र कागलिरीको सामना गर्नेछ । यस्तोमा टुरिन क्लबसामु कीर्तिमानी जादुमयी सय अंक छुने अवसर हुनेछ । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com