नेपाली महिलाको मर्म अमेरिकी निर्वस्त्र कला प्रदर्शनीमा I

 काठमान्डू जेठ ५,

विभिन्न समस्यामा परेका नेपालका महिलाहरूलाई सहयोग गर्न अमेरिकाकी वडी पेन्ट आर्टिष्ट टिना मेरीले अमेरीकामा निर्वस्त्र कला प्रदर्शनी आयोजित गरेकी छिन्।

 नेपाली महिलाहरूले भोगेका आर्थिक, सामाजिक एवं शैक्षिक समस्याहरूलाई नजिकबाट नियालिरहेकी टिनाले हालै प्यागोडा शैलीको मन्दिरलाई निर्वस्त्र मोडलहरू प्रयोग गर्दै सुन्दर कलाको रूप दिएकी थिइन्। सन् २००६ देखि बडी पेन्टिङमा लागेकी टिनाले सन् २०११ देखि आफूलाई पूर्णकालीन रूपमा यो कलामा समर्पित गरेकी हुन्।

१६ जनालाई लिएर गरिएको न्यूड बडी पेन्टिङमा पहिलो पटक सहभागी हुनेहरू पनि थिए। पहिलो पटक निर्वस्त्र हुदाँ केही लज्जा महसुस गरे पनि पछि उनीहरूले अप्ठ्यारो महसुस नगरेको टिनाले कला प्रदर्शनीका क्रममा बताइन्। प्यागोडा शैलीको मन्दिरले नेपाली कला झल्काउने हुनाले उनले आफ्नो कलामा नेपालको मन्दिर शैलीको आकृति प्रस्तुत गरेकी हुन्। न्युयोर्कमा श्रृंखलाबद्ध रूपमा उक्त कला प्रस्तुत गर्ने सोच बनाएकी टिनाले आफ्नो कलाले नेपालमा समस्या झेलिरहेका महिलाहरूका बारेमा केही जानकारी र सहयोग हुने अपेक्षा राखेकी छिन्।  

अन्तर्वस्त्रमा सुपारी तस्करी

विराटनगर - सुपारी तस्करी गर्नेहरूमाथि प्रहरीले निगरानी बढाएपछि तस्करहरूले नयाँ जुक्ति अपनाउँदै आफ्नो धन्दालाई निरन्तरता दिएका छन्। उनीहरूले महिलाहरूमार्फत सुपारी निर्यात गर्ने गरेको भन्दै प्रहरीले त्यसतर्फ निगरानी बढाएको छ। इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार सीमा नाकामा आवत-जावत गरिरहने केही शंकास्पद महिलाको शरीर चेक जाँच गर्दा महिलाको भित्री वस्त्रमा समेत लुकाएर सुपारी तस्करी हुने गरेको फेला परेको छ।

महिला प्रहरीले एक महिलाको शरीर चेकजाँच गर्दा लुकाएर भारतर्फ लान लागिएको साढे ३ किलो सुपारी बरामद भएको निरिक्षक पौडेलले बताए। ती महिलाको पेन्टीबाट २ किलो तथा ब्राबाट १ किलो सुपारी फेला परेको थियो। दैनिक सयौं महिलाले सुपारी तस्करी गरिरहेको अनुमान प्रहरीको छ। यसरी सुपारी तस्करी गर्नेहरूमा विवाहित महिलाहरू बढी रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

यसअघि महिलाको कस्मेटिक ब्याग, टिफिन क्यारियर तथा स्कुल ब्यागमा राखेर सुपारी लगिने गरेको थियो, तर प्रहरीले सुपारी तस्करीमा कडाइ गरेपछि महिलालाई प्रयोग गरेर गुप्ताङ्गमा लुकाउन थालिएको हो।

अनिल श्रेष्ठ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com