भर्जिनिया बैशाख ३०,
विजय थापा
अमेरिकाको डिसी महानगरको भर्जिनियामा नेपाल अधिराज्य तथा अन्य मुलुकमा समेत सफलताको साथ प्रदर्शन भएको नेपाली चलचित्र नाई नभन्नु ल -२ भर्जिनियाको सामुदायिक महा बिद्यालयको नाट्यशाला (थेटर)मा भब्य प्रदर्शन भएको छ ।
उक्त चलचित्रका अभिनेता सरोज खनालले झन्डै १४ बर्ष पछि अमेरिकाबाट नेपाल गै चलचित्र खेलेका हुन् भने दर्शकहरु बीचमा आफ्नो चलचित्र आफैले हेर्न पाएकोमा खुशी लागेको बताए । निक्कै लामो समय पछि सरोज खनालले अभिनय गरेको चलचित्र चलचित्र हेर्न दर्शक तथा चलचित्र प्रेमीहरु वाशिंगटन डिसी ,भर्जिनिया ,बाल्टिमोर ,म्यारिल्याण्ड ,पेन्सिल्भानिया आदिबाट आएका थिए ।
बाल मनोबैज्ञानिक र सत्य कथाको आधारमा निर्माण गरिएको नाई नभन्नु ल -२ नेपाली चलचित्रमा बाल गीत पहिला देखि नै युटुबबाट हेरी रहेको र त्यहि हेर्न पनि आएको बिभिन्न दर्शकहरुले बताए । बिभिन्न दर्शकहरुले नेपाली चलचित्रले ठुलो फड्को हानेको बताउदै नेपाली चलचित्र राम्रो हुन् थालेकोमा खुशी लागेको बताए ।
टिकट डर $ १५ डलर राखिएको थियो भने दर्शकहरुको संख्या चार सय भन्दा ज्यादा टिकट बिक्रि भएको जानकारी स्वयम् सरोज खनालले दिए ।
अमेरिकनहरुको मदर्स दे (मात्री दिवस )परेको हुनाले अझ धेरै दर्शकहरु नआएको बताउदै अब अन्य राज्यहरुमा पनि प्रदर्शन हुने जानकारी नायक सरोज खनालले दिए । चलचित्र सुरु गर्नु अगाडी सरोज खनालले संचार माध्यम तथा सबै सहयोगीहरुलाई धन्यबाद दिएका थिए।