सुविन लिम्बु मिस नेपाल २०१४ I

काठमान्डू बैशाख १९, 

नारीदर्पण : मिस नेपाल प्रतिस्पर्धामा सहभागी १८ सुन्दरीलाई पछि पार्दै उनी उत्कृष्ट चुनिएकी हुन् । प्रतियोगिताका प्रमुख अतिथि रुक्मांगत कटुवालले सोधेको प्रश्नमा दिएको उत्तरको आधारमा ५ फिट ८ इन्च अग्ली सुन्दरी मिस नेपाल घोषित भएकी हुन् ।

काठमाण्डौमा बिबिएस  अध्यारत सुबिना २०१० मा भएको मिस मंगोल कि फर्स्ट रनर अप पनि हुन् । उनले नगत एक लाख सहित यसै बर्ष आयोजना हुने मिस वल्र्ड म्प्रतियोगीतामा सहभागी हुने अवसर पाउने छन् । 

प्रतियोगिताको फर्स्ट रनर अप प्रिन्सा श्रेष्ठ र सेकेन्ड रनर अप सोनी राजभण्डारी घोषित भए । उनीहरुले क्रमश: ६५ हजार र ४० हजार नगत सहित ताज पहिरिए । श्रेष्ठले मिस अर्थ र भण्डारीले मिस इन्टरनेसनलमा सहभागी जनाउने छिन ।

मिस फोटोजेनिक शितोष्ण नव , मिस ट्यालेन्ट लाक्पा तामाङ्ग , मिस कम्प्लेकसान प्रिन्सा श्रेष्ठ, मिस ब्युटिफुल हेयर रश्मि अधिकारि घोषित भए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com