मास्को, रुस महासंघ बैशाख २५,
महान् देशभक्तिपूर्ण युद्ध (सन् १९४१–१९४५) मा सोभियत जनताले फाशीवादी
जर्मनीमाथि विजय प्राप्त गरेको सम्झनामा हरेक वर्षको ९ मेईका दिन मास्को लालमैदानमा
र वीरनगरीको उपाधिधारी अन्य रसियली शहरहरुका केन्द्रीय चोकहरुमा पनि बिहान सैनिक पर
ेड र साँझ आतसबाजीसहित भव्य उत्सव मनाइन्छ । त्यस उत्सवको एक महत्वपूर्ण प्रतीक हो
ः गेओर्गी–फीता ।
उत्सवको पूर्ववेलामा रुसी भाषामा ‘गेओर्गिएभ्स्काया लेन्ता’ भनिने
क्रमशः कालो र बैचनीरंगका ५ सोताहरु देखिने लाम्चा रिबनहरु वितरण गरिन्छ । यस्ता गेओ
र्गी–पटहरु पुरुषहहरु पूmलबुट्टा वा कलात्मक गाँठोको रुपमा कोटको दाहिने कलरमा बिल्लाभै
ंm भिर्दछन् भने महिलाहरु आफ्नो ब्यागको पेटीमा बाँधेर सडकहरुमा हिंडने सर्दछन् । अनि
गाडी हुनेहरु कार वा बसको अगिल्तिरको बाहिरी भागमा पताकाभैंm फर्पmराउने गरी जडान
गर्दछन् । यसप्रकार रुसको राजधानी मास्कोका संरक्षक मानिने सन्त गेओर्गी–पदकको फीता
विजयोत्सवको प्रतीक बन्न पुगेको हुन्छ ।
(स्थापनाकाल सन् १७६९) प्रदान गरिन्थ्यो । क्रस, तारा र कालो तथा बैजनी पाँचधर्से फिताको
चिन्हबाट श्रेणी निरुपित गरिने यो पदक चार श्रेणीमा विभाजित गरिएको थियो ।
प्रथम श्रेणीको
लागि बर्दीमुन्तिर दाहिने काँधमा छड्के पारेर फक्ष्ता भिरिन्थ्यो भने दोस्रो श्रेणीका लागि तार
ा र ठूलो आकारको क्रस कम चौडाइ भएको फीतामा झुण्ड्याएर मालभैंm काधमा भिरि
न्थ्यो । तृतीय श्रेणीको सानो आकारको क्रस घाँटमा लगाइन्थ्यो भने चौथो श्रेणीको सानो
क्रस चाहिं गाँठो पारिएको फीतामा झुण्ड्याइन्थ्यो । भनिन्छ, सामरीक वीरताको प्र
दर्शन गर्नेहरुको सम्मानार्थ स्थापित गेओर्गी पदककी संस्थापिका जारनी एकातेरिना द्वितीयाले यो
पदक सर्वप्रथम आपैmले धारण गरेकी थिइन् । सर्वप्रथम गेओर्गी–फीताको प्रादुर्भाव पनि सन् १
७६९ मा गेओर्गी पदकको साथै भएको थियो । ग्रिओर्गी क्रसको क्रमशः धुवाँ र
अग्निज्वालाको द्योतक कालो–बैजनी रंगको फीता सामरिक वीरता र गौरवको प्रतीक बन्न पुग्यो
।
कसैकसैले कालो र बैजनी रंगलाई रुसले ग्रहण गरेको सुनौला पृष्ठभूमिमा कालो रंगको
दुईटाउके बाजअंकित राष्ट्रिय चिन्हको कालो र सुनौला रंगको द्योतक मान्ने गरेका छन् । जार
नी एकातेरिना द्वितीयको समयको रुसको राष्ट्रिय चिन्हको किरीटधारी दुईटाउके कालो बाजको
माथि सुनौला राजमुकुट अंकित गरिएको थियो भने त्यसै बाजको मध्यभागमा सेतो घोडामा सवार
भएका सुनौला मुकुटधारी सन्त गेओर्गीले सुनौला रंगको भालाले कालो अजिङ्गरको बध गरेको
दृश्य अङ्कित गरिएको थियो (हाल नयाँ रुसले जारकालीन रुसको यसै राष्ट्रिय चिन्हलाई केही प्र
रुसमा युद्धकालमा प्रदर्शन गरिएको विशेष वीरताको निम्ति गेओर्गी पदक
तीकात्मक परिवर्तनसहित निकै कलात्मक रुप दिएर ग्रहण गरेको छ) ।
रुसी सामरिक पदकको नाम (ग्रि
गोरी क्रस) तथा कालो–बैजनी रङ्गको समन्वयको जरा रुसको इतिहासको गर्भमा निकैं गहिर
ोसंग गाडिएको छ भन्न सकिन्छ ।
यहाँनेर के पनि बताउनु आवश्यक छ भने रुसका सामरिक ध्वजा, झण्डा, बिगुल आदिमा गे
ओर्गी फीताले सजाइनुका साथै कतिपय अन्य सामरिक पदक र तक्माहरु पनि गेओर्गी–फीतासहित
धारण गर्नेगरिएको थियो । सन् १८५५ को क्रिमिया युद्धको समयमा गेओर्गी–फीताकै र
ंगले सिंगारिएको सुनौला हतियारले अफिसरहरुलाई विभूषित गर्नु विशेष सम्मानको द्योतक
मानिएको थियो । रुसी–टर्की युद्ध (सन् १८७७–१८७८) को समाप्तिपश्चात् तत्कालीन जार अले
क्सान्द्र द्वितीयको ११ अप्रिल १८७८ को आदेशअनुसार गेओर्गी–फीताबाट झण्डा र ध्वजाहरु
सोभियत सत्ताकालमा पनि यो पदक प्रतिष्ठित स्थानमै रहेको थियो ।
पछि दोस्रो विश्वयुद्धकालमा रुसी सेनाको परम्परालाई ध्यानमा राखेर सन् १९४३ को ८ नभेम्बरका
दिन रुसी सामरिक पराक्रमको द्योतकस्वरुप रहेको गेओर्गी–फीताको स्मरण गराउने पहेंलो–
कालो रंगको फीतासहित तीन श्रेणीको गौरव पदकको स्थापना गरियो । नयाँ रुसमा सन् १९९२
को २ मार्चका दिन रुसी सामरिक पदकहरुको पुनःस्थापना सम्बन्धी निर्णय लिइयो र सन् १९९४
को २ मार्चका दिन राष्ट्रपतिको आदेशबाट सन्त गेओर्गी सामरिक पदक र गेओर्गी क्रसले पनि र
ाजकीय सम्मान र पदक प्रणालीको अभिन्न अंग बन्न गए ।
विजयको प्रतीक मानिने गेअेर्गी–फीता (रुसीमा गेअेर्गिएभ्स्काया लेन्ता) को इतिहास
अठारौं शताब्दीदेखि शुरु भएको मानिन्छ । त्यतिखेर नै रुसको एक महत्वपूर्ण गेओर्गी पदक
अस्तित्वमा आएको थियो । यो पदक चार श्रेणीमा विभाजित थियो । पहिलो श्रेणीको पदकका तीन
चिन्हमध्येको एक हो गेओर्गी–फीता ।
यो लामो रिबनमा तीनवटा काला र दुईवटा राता
धर्साहरु क्रमशः एकपछि अर्को गरी रहेका हुन्छन् । यस्तो कालो र बैजनी रंगका सोताहरुबाट
बनेको धर्के फीता दाहिले कुमको माथि र दायाँ काखीमुनि पर्ने गरी छड्के पारेर लगाइन्यो
। दोस्रो विश्वयुद्धमा सोभियत जनताको महान् विजयको बीसौ वार्षिकोत्सव भव्यताका साथ मनाइएको
सन् १९६५ को ९ मेईदेखि गेओर्गी–फीता वितरण गर्ने समेत परम्पराको थालनी भएको थियो
यस फीताको रंगमा बारुद र ज्वालाको रंग सन्निहित रहेको छ भन्ने परिकल्पना गरि
एको थियो । तर यसका रंगहरु सुनौला पृष्ठभूमिमा दुईटाउके बाजअंकित रुसी राष्ट्रिय चिन्हको र
ंगकै अनुरुप रहेको हो भन्ने पनि कसैकसैको राय छ । अधिकांश व्यक्तिहरुले यसमा युद्धको प्र
तीक धुवाँ र आगो नै प्रतिबिम्बित भएको हो भन्ने विचार राखेका छन् । जारकालीन रुसको सामरिक
इतिहासकै प्रतिबिम्ब यस फीतामा उत्रेको होला भन्न सकिन्छ ।
हाल यो ९ मेईका दिन मनाइने
विजयोत्सवको द्योतक बन्न पुगेको छ ।
हालै क्रिमिया प्रायःद्वीप रुसमा पुनः सम्मिलित भएको विश्वप्रसिद्ध घटनाका दिनहरु
मा रुसका सांसददेखि लिएर सर्वसाधारणहरुले समेत गेओर्गी–फीता कलरमा लगाएको दे
ख्न सकिन्थ्यो । फाशीवादी जर्मनी फौजको कब्जाबाट क्रिमियाको मुक्तिको ७० वर्ष पूरा
भएको परिप्रेक्ष्यमा यस द्विरंगी फीताको प्रतीकात्मक महत्वमा अभैm वृद्धि भएको प्रतीत हुन्छ ।
युक्रेन (उक्राइना) को राजधानी कीभमा सशस्त्र सत्तापरिवर्तनको विरोधमा उत्रेका युक्रेनको
रुसी भाषाभाषी वासिन्दाहरुको बाहुल्य रहेको पूर्वी र दक्षिणी भेकका संघात्मक राज्य संरचनाका
लागि संघर्षरत योद्धाहरुले पनि गेओर्गी–फीताको प्रयोग गरिरहेका छन् । रुसमा आगामी ९ मे
ईका दिन मनाइने ६९–यौं विजयोत्सवको उल्लासमय वातावरणमा पनि गेओर्गी–फीता जताततै
फहराइएको देख्न सकिने छ ।
कृष्णप्रकाश श्रेष्ठ
दिनांक : ५ मेई २०१४ (सोमवार),
मास्को, रुस महासंघ ।