काठमान्डू जेठ ५,
नेपाल आयल निगमले भारतको बैतालपुर डिपोबाट सुनौली नाका हुँदै नेपाल ल्याइने पेट्रोलियम पदार्थमध्ये मासिक डेढ अर्ब रुपैयाँको तेल चोरी हुने गरेको रहस्य खुलेको छ । यो नाकाबाट भित्रिने तेलमध्ये दैनिक ६० लाख र मासिक डेढ अर्ब बराबरको तेल चोरी हुने गरेको रहस्य खुलेको हो ।
जिल्ला प्रहरीले कार्यालय रुपन्देहीले भलवारी डिपोको मात्रै ६० लाख बराबरको तेल चोरी हुने गरेको जनाएको छ । सुनौली नाका हुँदै दैनिक ३० वटा ट्यांकरबाट तेल नेपाल भित्रिने प्रहरीको भनाइ छ । ट्यांकर चालक र तेल माफियाले नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारी नपुग्दै बिच बाटोमै एउटा ट्यांकरबाट झण्डै तीनसय लिटर भन्दा धेरै तेल चोर्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानमा २० हजार क्षमताको ट्यांकरमा २४ हजार लिटर तेल ल्याइएको भेटिएको छ । जुन परिमाण तोकिए भन्दा ४ हजार लिटर धेरै हो । यसरी ल्याइएको तेलमा भन्सार छली हुने गरेको छ । ४ हजार लिटर मूल्य डिजेल प्रतिलीटर १ सय रुपैयाँ हुँदा मात्रै पनि ४ लाख हुन्छ ।