लु छल्न झ्यालढोका बन्द I

बर्दिया जेष्ठ ९,

एक सातादेखि तापक्रम चर्किएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । ३७ डिग्रीको हाराहारीमा रहेको तापक्रम बिहीबार बढेर ४३ डिग्री पुगेको छ । हपहपी गर्मीसहितको तातो हावा छल्न वैकल्पिक उपायको खोजी थालिएको छ । ‘लु’ ले समात्ने डरमा मानिसहरु घरमा झ्यालढोका खोल्न छाडेका छन् । 

बाहिर निस्कनुपरे गगल्स र छाता भुल्दैनन् । नगदे बाली स्याहार्न तराई झरेकाहरु गर्मी छल्नकै लागि पहाडतिर लागिसके । बिहान ९ बज्दा नबज्दै चर्किने घाम र तातो हावाले जनजीवन कष्टकर बन्दै गएको हो । ‘तातो हावा छिर्ने डरले झ्याल लगाएरै काम गर्ने गरेको छु,’ शिवगंगा सामुदायिक आँखा अस्पताल प्रमुख हरि केसीले भने, ‘तातो हावाले छुनासाथ लु लाग्छ ।’ 

दिउँसो गर्मी बढी भएकाले अधिकांश विद्यालयले बिहानी कक्षा सञ्चालन गर्न थालेका छन् । दिउँसो सञ्चालन हुने एक दुई विद्यालयले पनि ढोका थुन्ने गरेको र विद्यार्थीलाई २ घन्टा आराम गर्न दिने गरेका छन् । दिउँसो समस्या भएपछि बिहान कक्षा सञ्चालन गर्न थालिएको खैरीचन्दनपुरका शिक्षक माधव निगमले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com